लोक समाचारदाता
जनकपुरधाम, पुस ११ गते ।
रास्ट्रीय विद्यार्थी संघ रामस्वरुप रामसागर बहुमुखी क्याम्पस एकाइ कमिटीले विद्यार्थीलाई विदाई तथा स्वागत गरेका छन ।
संघका अध्यक्ष दिनेश यादवको अध्यक्षतामा वेलकम एण्ड फेयरवेल सम्पन्न सो कार्यक्रममा क्याम्पसमा स्नातक प्रथम वर्षमा प्रवेश गरेका विद्यार्थीलाई स्वागत गरिएको थियो भने चौथो वर्षका विद्यार्थीलाई विदाई गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल तथा विशिष्ट अतिथि पुर्व सांसद दिनेश साह, राजपा नेपाल केन्द्रिय सदस्य राजु चौधरी, जिल्ला समन्वय समिती उपाध्यक्ष दिपक झा, वडाध्यक्ष सुर्दशन सिंह र जिल्ला अध्यक्ष ज्ञानेन्द्र झा (ज्ञानु) लगायतका व्यक्तिहरुको उपस्थितिमा स्वागत एवं विदाई गर्दै आ आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री सोनलले राराब क्याम्पसको पुरानो साख जोगाउन र विकास तथा सुदृढीकरणका लागि प्रदेश सरकार हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !