लोक समाचारदाता
जनकपुरधाम, पुस ११ गते ।
भारतको कोलकातामा सम्पन्न अन्तराष्ट्रिय दोस्रो मैत्रीपुर्ण क्योकुशिन कराते खेलमा जनकपुरका खेलाडी उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।
वेस्ट बङगालको पराडङगामा समपन्न भएको खेलामा जनकपुरका खेलाडी दुई स्वर्णसहित चार वटा पदक जित्न सफल भएका हुन ।
नेपाल क्योकुशिन कान कराते संघका प्रदेश २ का वरिष्ठ प्रशिक्षक मोहम्मद असगर खा को नेतृत्वमा गएका पाँच जना खेलाडीहरुको समुहले चार वटा पदक हात पर्ने सफल भएको छ । ४५ किलो तौल समुहमा इरफान खान स्वर्ण, ३० किलो तौल समुहमा अरमान साफिले स्वर्ण पदक जितेका हुन ।
त्यसैगरी ५५ किलो तौल समुहमा रुसतम खान र ५० किलो तौल समुहमा देव मण्डलले कास्य पदक जितेको टीमका कोच समेत रहेका मोहम्मद असगर खाले बताए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !