लोक समाचारदाता
जनकपुरधाम, पुस ११ गते ।
बलात्कार आरोपमा एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको औरही गाउँपालिकामा एक महिलालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा गाउँपालिकाको झटियाही निवासी ३८ वर्षिइ रामकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय २५ वर्षिय एक महिलाले आफूलाई बिहीवार छिमेकी रामकुमारले गाउँकै चौरमा घाँस काटिरहेका बेला बलात्कार गर्ने प्रयास गरेको आरोप लगाएपछि स्थानीयले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि प्रहरीको जिम्मा लगाएका छन् ।
पिडीत महिलाले शुक्रवार जिल्ला प्रहरी कार्यालय धनुषामा आरोपित विरुद्ध उजुरी दर्ता गराएपछि घटना बाहिरिएको हो । घटना पश्चात केही स्थानीयले गाउँमै घटना मिलाउन प्रयास गरेपनि पिडीतले न्यायका लागि जिप्रका धनुषा उजुरी दर्ता गराएकी हुन ।
संचारकर्मीलाई घटना बारे जानकारी दिंदै पिडीत महिलाले भनिन आफू घाँस काटिरहेको बेला आफूले ओढेको चादरले घांटी च्यापेर जमिनमा तल खसाएर बलात्कार गर्ने प्रयास गर्दा सहयोगका लाग चिचियाएपछि आफ्नै हजुर बुवा शिवशंकर मुखिया आएपछि उनले छोडेर भागेको भनिन ।
उनले भनिन आत्मरक्षाको लागि आफूले गरेको प्रयासको क्रममा आरोपितको अनुहारमा केही घाउको निसान समेत हुन गयो ।
जिप्रका धनुषा अन्तर्गतका अपराध तथा अनुसन्धान शाखाका ईन्चार्ज समेत रहेका प्रहरी निरिक्षक उमाशंकर प्रसाद साहले ति महिलाको मेडिकल चेकजाँचको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइसकेको र आरोपितलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइ सकिएको जानकारी दिएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !