लोक समाचारदाता
जनकपुरधम, पुस ११ गते ।
नेपाल स्वास्थ्यकर्मी संघले समायोजनव र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बन्धी मांग सम्बोधन नभए आन्दोलनमा जाने चेतावनी दिएका छन ।
शुक्रवार नेपाल स्वास्थ्यकर्मी संघ धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रिय अध्यक्ष रामजी घिमिरेले सरकारले समायोजन गरेका कर्मचारीहरुलाई पालिकाहरुले हाजिर हुन नदिने र राजनीतिक आस्थाका आधारमा समायोजन गर्नुपर्ने प्रवृति बन्द नगरिए आन्दोलनमा उत्रने चेतावनी दिए ।
उनले भने पहिलो चरणमा हामी विभिन्न सरोकारवाला निकायसम्म समन्वय गर्ने, त्यसपछि स्वास्थ्य क्षेत्रमा असर नपर्ने गरी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नेछु । यदि त्यसले पनि सरकारले हाम्रो मांगप्रति कुनै चासो नलिए काम बन्द गर्ने खुल्ला रुपमै आन्दोलनमा जानेछु ।
सो सम्मेलनमा संघका पदाधिकारीहरुले स्वास्थ्य क्षेत्रको विनियोजित रकम स्वास्थ्य सेवामै खर्च गर्नुपर्ने मांग गर्दै गत वर्षमा प्रदेश २ सरकारले स्वास्थ्य क्षेत्रको करीब ५६ करोड रुपैया भौतिक निर्माण सेवामा खर्च गरेको आरोप लगाए ।
उनीहरुले भने स्वास्थ्य क्षेत्रको रकम अन्य शिर्षकमा रकमान्त र बजेट समेत फ्रिज भएको कारणले पालिकाहरुमा आवश्यक खोप र औषधि खरीद गर्न सकिएन तथा विभिन्न कार्यक्रम पनि संचालन गर्न नसकिएन ।
स्वास्थ्यकर्मी संघको मांग
पत्रकार सम्मेलनमार्फत तिनीहरुले समायोजन भएका कर्मचारीहरुलाई ऐन अनुसार समायोजन गर्नुपर्ने लगायतका विभिन्न १७ बुंदे मांग अघि सारेका छन । उनीहरुले पालिका र विभागले राजनीतिक आस्थाको आधारमा भइरहेको समायोजन र पदस्थापन समेत बन्द गर्नुपर्ने मांग पनि गरेका छन ।
संघले विगतमा पाएको तहमा घटुवा नगरी नगरी स्वास्थ्य ऐन र नियामवली अनुसार समायोजन गर्नुपर्ने, पालिकाहरुले समोजित कर्मचारीहरुलाई मापदण्ड बनाएर पदस्थापन गर्नुपर्ने, समायोजन भएर आएका कर्मचारीहरुलाई कुनै मानसिक तनाव नदिई पदस्थापना गर्नुपर्ने लगायतका मांग अघि सारेका हुन ।
त्यसैगरी स्वीकृत दरबन्दी अनुसार समायोजन गर्नुपर्ने, त्रुटिपुर्ण समायोजनको संशोधन गरी रमाना पत्र दिनुपर्ने, अस्थायी, ज्यालादारी, करार, बाहय श्रोतमा कार्यरत कर्मचारीहरुको समाजिक सुरक्षा कोषको रकम सुरक्षित स्वास्थ्य स्वयंसेवकहरुको समाजिक सुरक्षा रकम राज्यले व्यवस्था गर्नुपर्ने, २०५७ साल अघि नियुक्त भएका प्राविधिकहरुलाई अदालतको फैसला अनुसार ग्रेड दिनुपर्ने र जोखिम भत्ता उपलब्ध गराउनुपर्ने लगायतका मांग समेत गरेका छन् ।
संघका जिल्ला अध्यक्ष रामगुलामको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा स्वास्थ्यकर्मी शिवजी दास लगायतका पदाधिकारीहरु र नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र लगायतका व्यक्तिहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !