लोक समाचारदाता
काठमाडौ, पुस १० गते ।
विवादित रहेका उखुको मूल्य सरकारले कायम गरेका छन । मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रति क्विन्टल ५ सय ३६ रुपैया ५६ पैसा कायम गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय बारे जानकारी गराउंदै उखुको मूल्य बारे पनि जानकारी गराएका हुन ।
सार्वजनिक खरिद नियमावली संशोधनदेखि मेडिकल काउन्सिलमा रिक्त सदस्य नियुक्तिसम्मका निर्णय समेत मन्त्रिपरिषद्ले गरेको बाँस्कोटाले जानकारी दिएका छन् ।
चालु यामका लागि उद्योगले यसअघि किसानले उद्योगबाट ४ सय ७१ रूपैंयाँ २८ पैसा र सरकारको अनुदानवापत ६५ रूपैंयाँ २८ पैसा गरी कुल ५ सय १३ रुपैया ५६ पैसा पाउंदै आएको थियो ।
चिनी उद्योगीले चिनीको मूल्य अत्यन्त कम भएकाले किसानलाई उक्त मूल्य दिन नसकिने भन्दै उद्योग चलाउन आलटाल गर्दै आएका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !