लोक समाचारदाता
जनकपुरधाम, पुस ९ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्लाहीमा एक कम्प्यूटर अपरेटरलाई घुसको रकम सहित पक्राउ गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय मलंगवामा करारमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंहलाई ७० हजार घुससहित अख्तियार टोलीले पक्राउ गरेको हो ।
सिंहले उद्योग दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको उजुरीको आधारमा अख्तियारको बर्दिबासस्थित टोलीले उनलाई घुससहित रंगेहात पक्राउ गरेको बताइएको छ । पक्राउ परेका सिंहलाई बर्दिबासमा ल्याई थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !