लोक समाचारदाता
जनकपुरधाम,पुस ९ गते ।
तुलसी पुजन दिवसको अबसरमा जनकपुरधाम उपमाहानगरपालिका कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ ।
बुधवार जनकपुरधाम उमपाहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रीता कुमारी मिश्रको अगुवाईमा कार्यालय परिसर भित्र रहेको दिर्घीका सर पोखरीको डिलमा दुई दर्जनभन्दा वढि बोट विरुवा रोपिएको जनाइएको छ ।
धनुषा जिल्ला अदालतका मुख्यन्यायाधिश राजु कुमार खतिवडाको उपस्थितीमा दिर्घिकासरको डिलमा बोतल पाम, रिका पाम, फैकस, सैकस लगायतका रुखका विरुवा रोपिएको जनाइएको छ ।
बातावरणलाई जोगाउनका लागि हरेक ठाउमा रुख रोप्नुपर्ने वताउदै एक घर एक रुख रोप्नका लागि सबै नगरवासीसँग मेयर साहले आगह गरेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !