लोक समाचारदाता
जनकपुरधाम, पुस ९ गते ।
इसाई धर्मप्रति जनकपुरधाम स्थित निजी विद्यालयहरुले पनि बालबालिकाहरुलाई आर्कर्षित गराउन विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
जनकपुरधामको चर्चित मोनाष्टिक आवासीय उच्च माविले साना बालिकाहरुलाई इसाई धर्मप्रति आकर्षित गराउन क्रिसमस डे को अवसरमा “प्रि—स्कूल ग्रेजुएशन सेरोमोनी” अर्थात दिक्षान्त कार्यक्रम आयोजना गरेका छन । बालबालिकाहरुलाई इसाई धर्मप्रति आकर्षित गराउने उद्देश्यले आयोजित कार्यक्रमको साक्षी बनेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह ।
सो विद्यालयले आजसम्म हिन्दु धर्मावलम्बीहरुको चांड पर्व विजयादशमी, जानकी नवमी, रामनवमी, बुद्ध जयन्ती, छठ, चौडचन लगायतका अवसरमा कुनै विशेष कार्यक्रम आयोजना गरेको छैन । तर क्रिमसस डे को अवसरमा नाचगान सहितको दिक्षान्त कार्यक्रम आयोजना गरेको हो ।
सो कार्यक्रमा स्नातकोत्तर डिग्रीपछि प्रदान गरिने दिक्षान्त प्रि स्क्रल लेभल उतिर्ण गरेका छात्रछात्राहरुलाई प्रदान गरियो । प्रमुख अतिथि रहेका मेयर साहले ती बालबालिकाहरुलाई प्रि लेभल पास गरेका बालबालिकाहरु प्रमाणपत्र प्रदान गरी इसाईप्रति आकर्षणको कार्यक्रमका साक्षी बनेका हुन ।
कार्यक्रमको बारेमा जानकारी दिदै विद्यालयका संचालक एवं निर्देशक सोनु साहले दिक्षान्त त वास्तवमा स्नातकोत्तर पछि नै हुन्छ तर हामीले जनकपुरमा एउटा नौलो प्रयासको सुरुवात गरेका हौं ।
क्रिसमस डे कै दिन यतिको भव्य रुपमा आयोजना गर्नुको तात्पर्य के भन्ने जिज्ञासामा उनले भने क्रिसमस डे मा विदा हुन्छ सबै अभिभावक उपस्थित हामी सोचेका थियौं तर संयोगले विदा परेन । आजको कार्यक्रमले इसाई धर्मप्रति बालबालिकामा खासै असर पर्दैन उनको भनाई थियो ।
तर उहाँ जे भनेपनि अन्त्यमा भने हाम्रो विद्यालय इन्टरनेशनल स्तरको ख्याति प्राप्त गरिसकेको छ, विद्यार्थीहरुमा सबै प्रकारको विकास जरुरी रहेको छ ।
हामीले कार्यक्रममा सहभागी कक्षा १ मा अध्ययनरत र प्रि लेभलका केही विद्यार्थीहरुलाई सोध्यौ, विजया दशमी, राम नवमी जानकी नवमी के हो उनले बताउन सकेन तर आज कार्यक्रम किन आयोजना गरियो सोध्दा उनीहरुले क्रिसमस डे भएको कारण गरिएको हो । क्रिसमस डे के हो जिज्ञासा राख्दा उनीहरु एकै स्वसरमा जिसस ख्राइस्टको जन्मदिनको अवसरमा क्रिसमस डे मनाईन्छ भने ।
देश धर्म निरपेक्षतामा गएपनि जबरदस्ती वा झुक्याएर कसैलाई पनि कुनै धर्मप्रति आकर्षित गर्न गराउन वा लगाउनु गलत रहेको कानूनी ठहर छ ।
जनकपुरधाममा इसाई धर्मावलम्बी कुनै औपचारिक चर्च छैन तर केही वर्षदेखि इसाई धर्मावलम्बीहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । तर झुक्याएर धर्मप्रति आकर्षित गर्ने कार्य अहिलेसम्म भएको देखिदैन ।
नोट : यो समाचारको उद्देश्य कुनै धर्म संस्कृतिको आस्थाप्रति ठेस पुरयाउनु वा कसैलाई बढावा दिनु होइन, तर झुक्याएर आर्कषण गर्न गराउन गलत रहेको मात्र हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !