अञ्जली चौधरी
जनकपुरधाम, पुस ८ गते ।
समाजवादी पार्टीले संघीय सरकारबाट राजीनामा दिएपछि मधेशमा नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ ।
सपाको राजीनामाले कतै खुशीको माहौल छ त कतै बचाउ खोज्दै हिडेंका छन । मंगलवार दिउंसो संविधान संशोधन नभएको भनी समाजवादी पार्टीले संघीय सरकारबाट दिएको राजीनामाले राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताहरुमा आलोचनात्मक खुशीको माहौल समाजिक सञ्जालमा छयाप्ती छयाप्ती भाइरल भइरहेको छ ।
राजपाका नेताहरुले मधेश आन्दोलनको मुद्दा छाडेर सरकारमा गयो अब सरकारबाट निकालिने डरले राजीनामाको षडयन्त्र गरेको आरोप लगाएका छन । राजपाले समाजिक सञ्जालमा गरिरहेको आलोचनाको खण्डन गर्दै सपा नेता तथा कार्यकर्ताहरुले संविधान संशोधनको मांग पुरा नभएपछि राजीनामा दिएको खण्डन गरिरहेका छन ।
प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री एवं राजपा नेता सुरेन्द्र मण्डलले उपेन्द्र यादवलाई धोखेबाजको संज्ञा दिएका छन । उनले आफ्नो स्टेटसमा लेखेका छन “जसले जे भनेपनि संविधान संशोधनको आन्दोलनलाई कमजोर पार्ने काम मा. उपेन्द्र यादवबाट नै भएको हो । मधेश आन्दोलनलाई धोखा दिएर चुनावमा जानेदेखि लिएर आन्दोलन र चुनावका सहयात्री राजपालाई अलपत्र छाडेर सरकारको एकल यात्रा गरेको” हो ।
त्यस्तै राजपाका केन्द्रिय नेता रामजी रायले “उपेन्द्र यादव जब सरकार मे था तो संविधान संशोधन का मुद्दा याद नही आया । अब सरकार से निकल्ने पर संविधान संशोधन के बात करके लोगो को मुर्ख बना रहा है” भन्ने स्ट्टस लेखेका छन् ।
राजपा नेता किशोर गुरुले कटाक्ष गर्दै “अहम और भ्रम मे रहने वाले का पतन निश्चित है” लेखेका छन भने नेता रामविनोद पप्पुले “कालिचरणलाई सरकारबाट हटाउने भएपछि फेरी संविधान संशोधनको याद आयो” भनी आलोचना गरेका छन् ।
राजपा नेपालका नेताहरुको यी आलोचनाले प्रष्ट हुन्छ कि उनी खुशी छन । तर कांग्रेस नेताहरुले मधेश केन्द्रित दल राजपा नेपाल र सपाले आलोपालो गरी सत्ताको स्वाद चाख्ने षडयन्त्र गरेको आरोप लगाएका छन । कांग्रेस नेता जीवनाथ चौधरीले अढाई वर्ष सपाले सरकारमा बसे अब बांकी अढाई वर्ष राजपाको सत्ता स्वाद चाख्ने पालो” भनी आलोचना गरेका छ् ।
संघीय सरकारमा जाने र प्रदेश सरकार परिवर्तन
माथिको यी प्रतिक्रियाहरु र पछिल्लो पटक राष्ट्रिय सभा सदस्यका लागि संघीय सत्ता नेतृत्वकर्ता नेकपा र राजपाबाट भएको लिखित सहमति तथा सभामुख पदका लागि भइरहेको आन्तरिक सहमतिले प्रष्ट हुन्छ कि अब संघीय सरकारमा बस्ने पालो राजपा नेपालको आएको छ ।
राजपा र सपाबीचको कटुताले संघीय सरकार मात्र होइन प्रदेश २ समेत सरकार परिवर्तन हुने जोडतोडका साथ भइरहेको चर्चालाई निश्चिततातर्फ बढाएको छ । हिजोसम्म राजपाले पार्टी एकताका लागि सपासँग सरकारबाट बाहिरिने मुद्दा राख्दै आएको थियो । तर आज उनी राजीनामा दिएपछि पछिल्लो गतिविधिले राजपा नै सरकारमा जाने कदम बढाई सकेको सम्भावनाले एकीकरण मुद्दा अब अन्यौलतर्फ धकेलिएको छ ।
राजपाका नेताहरुले नेकपा सँगको दुई बुंदे सहमति पश्चात संघीय सरकारमा प्रवेश र प्रदेश २ मा सरकार परिवर्तनको सम्भावना निश्चित भएको भन्ने कुरामा राजनीतिक सम्भावनाको खेल हो, भोलीको दिनमा जे पनि हुन सक्ने प्रतिक्रिया दिदै आएका छन ।
संघीय सरकारमा जाने र प्रदेश २ मा सरकार परिवर्तन बारे प्रदेश सभा सदस्य मनिष सुमनले संचारकर्मीसँगको कुराकानीमा भने राजनीति सम्भावनाको खेल हो जे पनि हुन सक्छ तर जे भएपनि सहमतिको आधारमा प्याकेजमा हुनेछ ।
त्यस्तै अर्का प्रदेश सभा सदस्य परमेश्वर साहले पनि उस्ता उस्तै प्रतिक्रिया दिदै भने भोलीका दिन हामी सरकारमा गएपनि संविधान संशोधन, आफ्ना सांसद रेशम चौधरीको रिहाई लगायतका मधेश आन्दोलनमा उठेका मुद्दा लिएर मात्रै सहमतिको आधारमा जानेछौं ।
संघीय सरकारमा मधेशवादी जो कोही पनि बसे मुद्दा उही संविधान संशोधन । यो मुद्दा आज होइन २०६४ सालतादेखि नै सरकारमा जान लिएर हिडेंका छन । तर हालसम्म मुद्दा ज्योंका त्यो छ उनीहरु पटक पटक सत्ता स्वाद चाखिसकेका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !