लोक समाचारदाता
जनकपुरधाम, पुस ८ गते ।
समाजवादी पार्टीले संघीय सरकारबाट राजीनामा दिएका छन् ।
संविधान संशोधन सहितका दुई बुंदे मांग पुरा नभएको भन्दै सरकारमा रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकको निर्णयानुसार राजनीनामा पत्र बुझाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई मंगलवार दिउंसो उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदमा नरहने भनी राजीनामा पत्र यादवले राजनीमा पत्र बुझाएका हुन ।
सो राजीनामा पत्रमा तात्कालिन संघीय समाजवादी पार्टी र नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ १४ गतेमा संविधान संशोधन लगायतका दुई बुंदे मांग पुरा गर्ने सहमतिमा सरकारमा गयौं । तर पटक पटक मांग पुरा गर्न आग्रह तथा प्रधानमन्त्रीलाई स्मरण पत्र समेत बुझाउंदा कुनै चासो नलिएको कारण सरकारमा बस्नुको कुनै औचित्य नरहेको भनी राजीनामा पत्र बुझाएको भनिएको छ ।
साथै पुस ७ गतेको मन्त्रिपरिषदको बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञ सम्मिलित सुझाव समिति गठन गर्ने सहितका प्रस्ताव कानून मन्त्रीको हैसियतले गर्दा अस्वीकार गरेर पछिल्लो पटकको दुई बुंदे सहमतिबाट सरकार पछि हटेर एकतर्फी रुपमा तोडेको प्रष्ट भएपछि नौतिकताको आधारमा सरकारमा बस्न कुनै औचित्य नगरहेको हुँदा आजैको मितिबाट लागू हुने गरी आफ्नो मन्त्री पदबाट राजीनामा दिएको समेत भनिएको छ ।
गत मंसिर ४ मा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा समाजवादी पार्टीलाई कुनै परामर्श नगरी जिम्मेवारी हेरफेर गरेको भन्दै उक्त पार्टीका नेताहरु असन्तुष्ट थिए । प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयका जिम्मेवारी सम्हालेका उपेन्द्र यादवलाई कानुन मन्त्रालयको जिम्मा दिइएको थियो ।
स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई भने उही बेला पदबाट हटाइएको थियो । सो पार्टीबाट हाल सरकारमा कानुनमन्त्री यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई मात्र रहेका थिए ।
यादवले राजीनामा पत्र बुझाएपनि इस्तियाक राईले समारचार लेख्दासम्म राजीनामा पत्र बुझाएको थिएन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !