लोक समाचारदाता
जनकपुरधाम, पुस ७ गते ।
जनकपुरधाममा विभिन्न चार स्थानमा शंकास्पद वस्तु फेला परेको दोश्रो हप्तामै पुनः शंकास्पद बस्तु फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ नेपाल राष्ट्र बैंक र संघीय प्रहरी इकाई कार्यालय नजिकै रहेको शुक्रवारी बजार अगाडि सो शंकास्पद वस्तु फेला परेको हो ।
नेपाल पत्रकार महासंघ धनुषा शाखा कार्यालय को करिब १ सय ५० मिटरको दुरीमा रहेको शुक्रवारी बजार जानेबाटोको बीच बाटोमै सो शंकास्पद बस्तु रहेको छ । अहिले फेला शंकास्पद बस्तु परेको स्थानमा व्यापक रुपमा प्रहरी परिचालन गरी घेरा दिएर आउने जाने सर्वसाधारणलाई रोक लगाइएको छ ।
घटनास्थलमा बम डिस्पोजल नेपाली सेनाको टोली पुगिसकेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !