लोक समाचारदाता
जनकपुरधाम, पुस ६ गते ।
चार दिनपछि पुस १० गते बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीले नेपाली समय अनुसार बिहान ८ः४२ बजे सूर्य ग्रहण शुरु हुनेछ भने १०ः०१ बजे मध्य हुने र ११ः३१ बजे सूर्य ग्रहण सकिने जनाएको छ ।
२ घण्टा ४९ मिनेट समयावधि रहेको सो खण्डग्रास सूर्यग्रहण पश्चिम र दक्षिणको बीच भागबाट शुरु भएर पूर्व र दक्षिणको बीचबाट सकिनेछ ।
सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिनेछ । मौसम अनुकुल भए, बादल नलागे काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने उनले भने ।
खण्डग्रास सूर्य ग्रहण नेपाल, भारत, श्रीलंका लगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिने बताइएको छ । भारत, सिंगापुर, श्रीलंका, मलेसियालगायत ठाउँबाट भने रिङ अफ फायरका रूपमा देखिनेछ ।
रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ । यो खालको ग्रहण भने निक्कै दुर्लभ मानिएको छ । ग्रहण लाग्दा रिङ अफ फायर भने प्रायः जसो बीचको समयमा देखिने छ । हिन्दू धर्मशास्त्र अनुसार कर्कट, तुला, कुम्भ र मीन राशीबाहेक अन्य राशीलाई यो ग्रहण शुभ मानिएको छैन ।
सुर्य ग्रहणमा के के गर्न हुने/नहुने
१. सूर्यग्रहणमा पूजा पाठ गर्न जरुरी छ । यसका लागि घरलाई शुद्ध पार्नु पर्छ । यस्तो बेलामा चक्कु, कैची, सियो धागोको प्रयोग गर्न हुँदैन । यो नियम खास गरी गर्भवती महिलामा लागू हुन्छ । ग्रहणको समयमा घरबाट बाहिर ननिस्कुनहोस् ।
२. ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा यौन सम्बन्ध राख्न नहुने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा रोमान्टिक मुड नबनाउनुस् । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गणल भरिएको हुने उल्लेख छ ।
३. ग्रहणको समयमा भोजन पनि गर्नु हुँदैन । कि ग्रहण अगावै खाना खानुहोस् अन्यथा ग्रहण पश्चात मात्र खाना खानुपर्छ भन्ने मान्यता राखिन्छ । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरु छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।
४. ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पूजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरुमा जल फेर्नु पर्ने शास्त्रा उल्लेख छ । ग्रहण समयमा पूजा गर्नु हुँदैन ।
५. मन्दिरमा पनि ग्रहणको समयमा पूजा पाठ बन्द गर्नुपर्छ । ग्रहणको समयमा केही मन्त्रको भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ ।
६. ग्रहणको समयमा गर्भवती महिलाले घरबाहिर निस्कन नहुने शास्त्रमा उल्लेख छ । गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ ।
७. गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरु उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरु पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !