लोक समाचारदाता
बिरगंज, पुस ६ गते ।
बारा जिल्ला विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल राउत भेडिहरलाई ज्यान मुद्दामा जेल पठाइएको छ ।
जिल्ला अदालत बाराले उनलाई सवारी ज्यान मुद्दा आरोपमा २९ दिनको कैद सजाय सुनाएको हो । जिल्ला प्रहरी कार्यालयय बाराले राउतलाई आईतवार अदालतमा उपस्थित गराएपछि अदालतको २०६३ भदौ २९ गते फैसला आदेश अनुसार निजलाई जेल चलान गरीएको बारा प्रहरीले जनाएको छ ।
गाँउपालिका अध्यक्ष राउतलाई २०६३ भदौ २९ गतेको अदातको फैसला आदेश अनुसार सवारी ज्यान मुद्दामा २९ दिन कैद र २ हजार नगद जरीवाना तोकिएको थियो ।
इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले निजलाई आजै बिहान पक्राउ गरी अदालतमा उपस्थित गराएको र आइतवार नै अदालतको फैसला अनुसार उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय बिरगंज पर्सामा पठाईएको जील्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक विकासराज खनालले जानकारी दिएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !