लोक समाचारदाता
महोत्तरी, पुस ६ गते ।
महोत्तरीको भंगहा नगरपालिका ६ संग्रामपुरमा टिपर दुर्घटनामा परी सह–चालकको ज्यान गएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा चितवन भण्डाराका २८ वर्षीय राजेन्द्र चापागाईं रहेको प्रहरीले जनाएको छ । बा५ख २०४९ नम्बरको टिपर विपरीत दिशाबाट आइरहेको जीपलाई साइड दिने क्रममा अनियन्त्रित भइ पल्टदा सहचालक चापागाईंको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।
दुर्घटनापछि टिपरका चालक फरार भएकाले उनको खोजी भइरहेको साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !