लोक समाचारदाता
जनकपुरधाम, पुस ५ गते ।
सिभिल बैंक लिमिटेडको ९ औं बार्षिकोत्सवको अवसर पारेर जनकपुर शाखाले शुक्रवार रक्तदान कार्यक्रम गरेको छ ।
भानु चोक स्थित बैंकको कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा शाखा प्रबन्धक कुल भुषण मल्लिक, कर्मचारीहरु क्रमशः जयविन्द कुमार मण्डल, मनोज ठाकुर, दिपेश श्रेष्ठ, रश्मी झा, समिर कर्ण, रवि कर्ण, संजित कुमार चौधरी लगायतकाले रक्तदान गरेका हुन् ।
समाज प्रतिको उत्तरदायित्व बोध गर्दै आयोजना गरिएको सो कार्यक्रममा ३१ जनाले रक्तदान गरेको शाखा प्रबन्धक मल्लिकले बताए । रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नहुने र यसप्रति सबै पक्ष गम्भीर हुनु पर्ने प्रबन्धक मल्लिकको भनाई थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !