लोक समाचारदाता
जनकपुरधाम, पुस ५ गते ।
देश समृद्धिका लागि सबैले आ आफ्ना जिम्मेवारी इमान्दारीपुर्वक पुरा गर्नुपर्ने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत बताएका छन् ।
शनिबार जनकपुरधाममा अकाउन्टिबलीटी ल्याबले आयोजना गरेको “सार्वजनिक सेवामा सदाचारिता” बिषयक अन्तर सम्वाद कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै मुख्यमन्त्री राउतले सबैले आफैबाट सुधार गर्नुपर्ने आवश्यकता रहेको कुरामाथि जोड दिए ।
उनले हामी जहाँ छौं त्यहिंबाट सुधार गरौं । हामी जहाँ छौं त्यहिंबाट सदाचारिता, इमान्दारिता र जवाफदेहिता सुरु गर्यौं भने मुलुक अवश्य नै समृद्ध हुनेछ भने ।
सबै नागरिकले आ–आफ्नो स्तरबाट जिम्मेवारी निर्वाह गरे हामी एउटा समृद्ध मुलुकको सम्पन्न नागरिक भनाउने जिकिर गर्दै मुख्यमन्त्री राउतले देश संगै प्रदेश २ पनि चाँडै समृद्ध प्रदेशको सूचिमा समावेश हुने दाबी गरे ।
सो कार्यक्रममा प्रदेश २ नीति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा, प्रदेशसभा सदस्य परमेश्वर साह, धनषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, नेपाली काँग्रेस धनुषाका उपसभापति संतोष यादव, अर्थविद् डा.सुरेन्द्र लाभ लगायतका व्यक्तिहरुले आ–आफ्ना धारणा राखेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !