लोक समाचारदाता
जनकपुरधाम, पुस ५ गते ।
आफ्नो वार्षिकोत्सवको अवसरमा जनकपुरधाम स्थित मोनाष्टिक आवासीय उच्च माध्यमिक विद्यालयले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
मोनाष्टिकले आफ्नो स्थापनाको ३३ वर्ष पुरा गरी ३४ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजना गरेको तिन दिवसीय कार्यक्रम अन्तर्गत शनिवार पहिलो दिन जनकपुरधाम स्थित जनक चौकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । सो रक्तदानको अवसरमा दुई दर्जनभन्दा बढी व्यक्तिहरुले रक्तदान गरेका छन ।
रक्तदान जीवन दान भन्ने मूलनाराका साथ आयोजना गरिएको सो रक्तदान कार्यक्रम बारे जानकारी दिदै विद्यालयका निर्देशक डा. सोनु साहले भने रक्तदानले कसैको जीवन बाच्न सक्छ भन्ने समाजमा सकारात्मक सन्देश जाओस मूल उद्देश्य रहेको छ ।
तीन दिवसीय कार्यक्रम अन्तर्गत दोश्रो दिन आइतवारका दिन जानकी मन्दिरमा भोटिंग राईटस भन्ने शिर्षक सहितका विद्यालयकै छात्रछात्राहरुद्वारा सडक नाटक प्रदर्शन गरिनेछ भने अन्तिम तेश्रो दिन सोमवार सामुदायिक विद्यालय र संस्थागत विद्यालयको संयुक्त सहभागितामा बेस्ट म्यानेजमेन्ट कार्यक्रम आयोजना गरिने निर्देशक साहले जानकारी दिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !