लोक समाचारदाता
जनकपुरधाम, पुस ५ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाबाट १५ हजार घुस रकमसहित एक प्रहरी नायव निरीक्षक (सई) लाई रंगेहात पक्राउ गरेको छ ।
प्राप्त जानकारी अनुसार धनुषाको यज्ञभूमी प्रहरी चौकीमा कार्यरत सई कालीचरण पंजियारलाई १५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले रंगेहात पक्राउ गरेको हो ।
शुक्रवार साँझ दुर्घटनाको मुद्दा मिलाईदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पंजियारलाई धनुषाको मिथिला नगरपालिका–६ ढल्केवर चोकबाट रंगेहात पक्राउ गरेको आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।
घुस रकमसहित पक्राउ परेका सई पंजियारलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाईएको आयोगले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !