लोक समाचारदाता
जनकपुरधाम,पुस ५ गते ।
जनकपुरधामस्थित सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार सो विद्यालयले स्थापनाको ३८ औं बर्ष पूरा गरी ३९ औं बर्षमा प्रवेश गरेको अवसरमा तिन दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको हो ।
प्रत्येक वर्ष झै यसवर्ष पनि सिद्धार्थ शिशु सदनले विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेकोमा रक्तदान एवं निशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रमको पहिलो दिन ३ दर्जनभन्दा बढी व्यक्तिहरुले रक्तदान गरेका छन् भने स्वस्थ रहौं सुखि रहौं भन्ने उद्येश्यका साथ स्वास्थ्य शिविर समेत सम्पन्न गरेको हो । स्वास्थ्य शिविरमा पनि दर्जनौ व्यक्तिले स्वास्थ्य चेकजाँच गराएका छन ।
स्वास्थ्य शिविरमा डा.वैद्यनाथ ठाकुर,डा.रामज्ञान यादव, डा.रवि साह, डा.अजय यादव, डा.अमरनाथ ठाकुर, डा.निमु यादव र डा.कार्तिकेश मिश्रा लगायतका चिकित्सकहरुको टोलीले निशुल्क स्वास्थ्य सेवा दिएका छन ।
त्यसैगरी दोश्रो दिन जानकी बृद्धा आश्रम तथा कबिर बाल अनाथ आश्रममा फलफुल एवं खाद्यान्न सामग्री वितरण गर्ने र तेश्रो दिन वृक्षारोपण कार्यक्रमको आयोजना गरिने विद्यालयका प्रधानाध्यापक राजु यादवले जानकारी दिएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !