लोक समाचारदाता
जनकपुरधाम, पुस ४ गते ।
नेपाल तराई इन्जिनीयर्स समाज प्रदेश २ ले प्रदेश २ मा पनि त्रिभुवन विश्वविद्यालय अन्तर्गत काठमाडौ स्थित पुलचौक इन्जिनियरिगं कलेजको शाखा खोल्नुपर्ने मांग गरेका छन् ।
तराई मधेश इन्जिनीयर्स समाजको शनिवार हुन गइरहेको कार्यक्रम बारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा समाजका पदाधिकारीहरुले भने प्रदेश २ बाहेक देशका सबै प्रदेशमा पुलचौक इन्जिनीयर कलेज (आईईओ) को शाखा तथा आंगिक कलेज खुलिसकेकोले प्रदेश २ मा पनि खोल्नुपर्ने आफूहरु अभियान थालेको बताए ।
इन्जिनीयरिंग संकाय पढने सबैभन्दा बढी प्रदेश २ बाट नै रहेको भन्दै प्रदेशमा इन्जिनियरिंग कलेज हुंदा बसाई खर्च कम हुँदा बढी जनशक्ति तयार हुन सक्ने उनीहरुले भने । यसका साथै तराई मधेशका वातावरणको आधारमा यहाँका संरचना निर्माण हुन सक्ने समेत भने ।
कार्यक्रममा समाजका प्रदेश अध्यक्ष भगवान झाले भने काठमाडौ स्थित इन्जिनीयरिंग कलेजमा मधेशी विद्यार्थीसँग विभेद समेत हुने गरेकोले आफ्नै प्रदेशमा इन्जिनीयरिंग कलेज स्थापना भएपछि लागत खर्च कम हुनुका साथै आफ्नै प्रदेशमा दक्ष जनशक्ति तयार हुनेछ ।
संचारकर्मीहरुको जिज्ञासामा उनले भने सबै प्रदेशमा इन्जिनीयरिंग कलेज खोल्नुपर्ने सरकारको कुनै योजना वा निती नरहेपनि हाम्रो मुलुकमा नमांगीकन कुनै अधिकार भेटिदैन त्यसैले हामीले आफ्नो मांगलाई अभियानकै रुपमा थालेका छौ । प्रक्रिया अनुसार प्रदेश सरकारलाई जानकारी गराइसकेका छौं । प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिइसकेको जानकारी समेत उनले दिए ।
पत्रकार सम्मेलनमा समाजका पदाधिकारीहरुले विगतमा तराई मधेशका १८ प्रतिशतभन्दा बढी विद्यार्थी रहेको थियो तर अहिले सो संख्या ८ प्रतिशतमा झरिसकेको दुखेसो पोख्दै भने जनकपुरधामका लागि प्रस्तावित इन्जिनीयरिंग कलेजका लागि सबै प्रक्रिया पुरा भइसकेपनि खस मानसिकताका संघीय सरकारले सो कलेज चितवन लगेको आरोप लगाए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !