लोक समाचारदाता
बारा, पुस ५ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु १५ हजार घुससहित अपराध नियन्त्रणका लागि सादा पोशाकमा खटिएका घुमुवा प्रहरीलाई रंगेहात पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा जिल्ला बारा देवताल गाउँपालिका वडा नं १ बडकी फूलबरिया बस्ने प्रहरी जवान सरोज यादव रहेको अख्तियारका प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिएका छन ।
कलैयास्थित रहेको सिद्धेश्वर विद्यालयबाट अवैधरुपमा रक्सी भट्टी सञ्चालन गर्ने वतावरण सहज गरिदिनका लागि निज यादवले लिइरहेको १५ हजार रुपैया सहित पक्राउ गरिएको हो ।
भारतबाट अवैधरुपमा सामान नेपालसम्म ल्याउन यादवले व्यापारीसँग मोटो रकम लिने गरेको अख्तियारको दाबी छ । यादव पर्सा जिल्लामा दरबन्दी भई बारामा विगत ५ महिनादेखि काजमा बस्दै आएका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !