मुम्बई, पुस ३ गते ।
बरुण धवनद्वारा अभिनित फिल्म “स्ट्रीट डान्सर घडी ३ म्”को ट्रेलर सार्वजनिक भएको छ ।
यो फिल्ममा भारत र पाकिस्तान बीच मित्रता बढाउने उद्देश्यले डान्स कम्पिटिशन गराइएको छ । बरुण धवन र श्रद्धा कपुरको अभिनित यस फिल्ममा डान्स मास्टर प्रभु देवाको पनि भूमिका रहेको छ ।

डांसको जुनून र देशभक्तिको कहानीमा अधारित यस फिल्मको ट्रेलरले अहिले यू ट्यूबमा धूम नै मचाएको छ । रेमो डिसूजाको डायरेक्शनमां बनेको फिल्म ’एबीसीडी’ को यो सिकयोल फिल्म हो ।
२६ जनवरी २०२० मा रिलिज हुने यस फिल्ममा नोरा फतेही, राघव जुयाल, धर्मेस, पुनित पाठक र सलमान खान पनि मुख्य भूमिकामा रहेका छन् । टी सिरिजको ब्यानरमा बनेको सो फिल्ममा प्रभुदेवा डान्स गुरुको भूमिका रहेका छन । फिल्ममा भारत र पाकिस्तानबीच एकता दर्शाउन दुवै देशबीच डान्स कम्पिटिशनको देखाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !