लोक समाचारदाता
काठमाडौ, पुस ३ गते ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अस्पताल निर्देशकमा हाडजोर्नी विशेषज्ञ डा मंगल रावललाई नियुक्त गरिएको छ ।
मंगलबार प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्र वाग्लेले डा रावललाई अस्पताल निर्देशकमा नियुक्त गरेका हुन् ।
प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुखका रुपमा रहेका डा रावललाई प्रतिष्ठान ऐनको दफा २५ को उपदफा १ र २ बमोजिम काम कर्तव्य र अधिकारीसहित अस्पताल निर्देशकको जिम्मेवारी दिइएको उपकुलपति डा वाग्लेले बताएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !