लोक समाचारदाता
जनकपुरधाम, पुस १ गते ।
जनकपुरधाम उपमाहानगरपालिकाले एकिकृत शहरी विकास परियोजना अन्तरगत बनेको सडकको गुणस्तर सम्वन्धि अनुगमन गरेको छ ।
परिक्रमा सडक अन्तर्गत बनेका सडकहरुलाई मंगलवार जनकपुरधाम उपमाहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रीता कुमारी मिश्रले संयुक्तरुपमा अनुगमन गरेको हो ।
अनुगमनमा परियोजनामा तोकिएको सडकको लेयर सम्वन्धि कोर काटेर सडकको लेयर मोटाई सम्वन्धि अनुगमन गरिएको छ । पहिलो चरणमा परिक्रमा सडकको हरेक सय मिटरमा कोर कटिङ गरेर सडकको लेयर मापदण्ड अनुसार रहेको या नरहेको सम्वन्धि अनुगमन गरिएको बताइएको छ ।
अनुगमन गर्दै नगर प्रमुख लालकिशोर साहले पहिलो चरणमा सडकको लेयर पचास एमएमको हुनुपर्ने तोकीएको मापदण्ड अनुसार कार्य नभएको अनुगमनको क्रममा देखिएको बताए । उनले भने थिकनेस अन्तरगत परियोजनाको काम ठेकेदारले मापदण्ड अनुसार नगरेको अनुगमनको क्रममा भेटिएको छ ।
मेयर साहले जनकपुरधामलाई सफा र सुन्दर वनाउने अभियान अन्तरगत नगरभित्रका सडक संजाललाई टिकाउ र मजवुतीका साथै सुन्दर बनाउनका लागि सडकको कोर कटिंगको चेक गरेको वताउदै दोस्रो चरणमा कोर कटिंग गरिएको सेम्पललाई काठमाण्डौमा ल्याव टेस्ट गरि सडकको कंक्रिटमा परियोजनाले तोकेको मापदण्ड पुरा गरिएको अथवा नगरिएको त्यस सम्वन्धि प्रमाणित भएपछि कार्य अगाडी बढाइने वताए ।
अनुगमनको क्रममा उपमेयर रीता कुमारी मिश्रले अनुगमनको क्रममा मापदण्ड अनुसार नै सडक निमार्ण गरिएको आफुहरुले पाएको तथा अर्को चरणको ल्याव टेस्टका लागि नमूना काठमाण्डौ पठाइएको जानकारि दिईन ।
डीजाइन कन्सल्टन सुपरभिजनका इनजीनियर एसपी चौधरीका अनुसार स्पाल कंक्रिट गर्दा खेरी दुई तीन महिनामा गाडी चलेपछि सडकको लेयरलाई चाहिने जती कम्पेक्सन हुने र त्यसपछि कोर काटेर थिकनेस पता लगाइन्छ ,त्यसपछि कम्पेक्सन लेभल पुगेको या नपुगेको वुझनका लागि डेन्सीटि पता लगाइन्छ ।
अर्को चरणमा स्टेश्नएरिया देखि अन्य बाकि सडकको कोर कटिंग अनुगनम गरिने र सो सडकको नमूना पनि ल्याबमा पठाइने मेयर साहले बताएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !