एजेन्सी,
इस्लामाबाद, पुस १ गते ।
पाकिस्तानको इतिहासमा पहिलो पटक कुनै पूर्व राष्ट्रपतिलाई फाँसीको सजाय सुनाइएको छ ।
पुर्व राष्ट्रपति परवेज मुशर्रफलाई लाहोर उच्च अदालतका ३ जना न्यायाधीशको इजलाशले मृत्युदण्डको फैसला सुनाएको हो । हुनत मुशर्रफ अहिले पाकिस्तानमा बाहिर दुबईमा आफ्नो उपचार गराइरहेका छन् ।
मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको कसुरमा दोषी ठहराइएको हो । सन् २००७ मा देशमा संकटकाल लगाएको अभियोगमा मुशर्रफविरुद्ध सन् २०१३ मा मुद्दा दर्ता भएको थियो ।
मुशर्रफलाई ३१ मार्च २०१४ मा अदालतले उक्त प्रकरणमा दोषी ठहर गरेको थियो । पाकिस्तानी सेनाका प्रमुख समेत रहेका मुशर्रफले सन् १९९९ मा नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए । मुशर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !