लोक समाचारदाता
जनकपुरधाम, पुस १ गते ।
नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीको कार्यकाल पुरा भएको भएको छ ।
मंसिर महिनासम्म रहेको राजदूत पुरीको तिनवर्षे कार्यकाल पुरा भएपछि नयाँ राजदूत को आउने भन्ने बारे चर्चा समेत हुन थालेको छ । उनी पुस १५ गते स्वदेश भारत फिर्ता हुनेछन् ।
नेपालका लागि नयाँ भारतीय राजदूतमा को आउने निश्चित नभएपनि विकास स्वरूप, अखिलेश मिश्रा, गोपाल बगाले लगायतका व्यक्तिको नाम चर्चामा रहेको छ ।
मंगलबार बिहान काठमाडौं स्थित भारतीय दूतावासले उनको बिदाइ कार्यक्रम आयोजना समेत गरेको छ । यसअघि आइतबार उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि बिदाइ भेट गरेका छन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !