लोक समाचारदाता
जनकपुरधाम, पुस १ गते ।
शैक्षिक सत्र २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत ६ गतेबाट सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको मंसिर ३० गते बसेको बैठकले यो निर्णय गरिएको हो । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने बोर्डद्वारा जारी सूचनामा जनाइएको छ । पहिलो दिन अंग्रेजी विषयको परीक्ष हुनेछ ।
बोर्डले नियमित ग्रेड वृद्धि तथा प्राविधिक समेत सबैको सोही चैत ६ गतेबाट १७ गतेसम्मको परीक्षा तालिका सार्वजनिक गरेको छ । नियमित तथा ग्रेड वृद्धिका विद्यार्थीको हकमा भने नयाँ पाठ्यक्रम अनुसार नै परीक्षा हुनेछ ।
परीक्षाको समयमा आकस्मिक बिदा पर्न गएमा परीक्षा नियन्त्रण कार्यालयको सूचना बेगर स्थगित नहुने बोर्डले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !