लोक समाचारदाता
काठमाडौ, मंसिर २५ गते ।
नेपाल सरकारले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सागमा पदक जितेका खेलाडीहरुलाई सम्मान दिन उद्देश्यले बालुवाटारमा आयोजना गरिएको कार्यक्रममा प्रोत्साहन प्याकेज घोषणा गरेका हुन ।
त्यस्तै रजत विजेता ६ लाख र कास्य विजेतालाई ३ लाख रुपैयाँ दिने घोषणा सरकारले गरेको छ । एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई भने ११ लाख दिइने छ ।
एकभन्दा बढी स्वर्ण जितेका गौरिका सिंह, मन्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङले ११ लाख पाउनेछन् । त्यस्तै टिम गेममा स्वर्ण ल्याउने खेलाडीलाई जनही ५ लाख दिइनेछ ।
नेपालले सागमा ५१ स्वर्ण, ६० रजत ९५ कास्य गरी २०६ वटा पदक जित्न सफल भएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !