लोक समाचारदाता
जनकपुरधाम, मंसिर २२ गते ।
जनकपुरधाममा जारी दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती प्रतियोगिताको तेश्रो दिन विभिन्न ७ तौल समूहको खेलमा भारतले ४, श्रीलंका २ र पाकिस्तानले १ स्वर्ण पदक हालिस गर्न सफल भएको छ ।
नेपालले तीन पुरुष र चार महिलाको विभिन्न तौल समूह मध्येको खेलमा २ रजक र २ कास्य पदक मात्र लिएर सन्तुष्ट भएको छ ।
पुरुषतर्फ ६१ किलोग्राम तौल समूहमा भारतका रविन्द्रले स्वर्ण, पाकिस्तानका मो. बिलालले रजत र श्रीलंकाका उदराले कास्य पदक जितेका छन भने ८६ किलोग्राम समूहमा भारतका पवन कुमार स्वर्ण, पाकिस्तानका उमर अहमद रजत र बंग्लादेशका श्रीश्रोत रायले रजत पदक पाएका छन् ।
त्यस्तै ९२ किलोग्राम समूहको खेलमा पाकिस्तानका मो. इनाम स्वर्ण, श्रीलंकाका सलिथा रजत र नेपालका समिर शाह कास्य पदका जितेका छन ।
महिला समूहतर्फ ५९ किलोग्राम समूहमा भारतकी अंशुले स्वर्ण, बंग्लादेशकी निपारेनले रजत र नेपालकी कोमल खत्रीले कास्य, ६२ किलोग्राम समूहमा भारतकै साक्षी मलिक स्वर्ण, श्रीलंकाकी महिराले रजत र बंगलादेशकी अख्तर सरमिनले कास्य पदक जित्न सफल भएकी छिन् ।
यसैगरी ६५ किलोग्राम समूहतर्फ श्रीलंकाकी दिलहानी स्वर्ण, नेपालकी शुशिला चन्द रजत र बंग्लादेशकी मोस लक्की कास्य पदक पाउन सफल भएको छ भने ७२ किलोग्राम समूहतर्फ श्रीलंकाकी अयोमी स्वर्ण, नेपालकी निर्मला रजत र बंग्लादेशकी अख्तर रोजिना कास्य पदक जित्न सफल भएकी छिन ।
विजयी प्रतियोगीहरुलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानन मन्त्री ज्ञानेन्द्र यादव, प्रदेश सभा सदस्य मन्जु यादव र रामसरोज यादव तथा पाकिस्तानका कुस्ति सचिव अब्दुल शेख लगायतका व्यक्तिहरुले मेडल प्रदान गर्दै सम्मान गरेका थिए ।
गत तीन दिनदेखि जनकपुरधाममा जारी कुस्तिको १८ प्रतियोगिता मध्ये भारतले १२, पाकिस्तान ३, श्रीलंका २ र नेपालले १ वटा स्वर्ण पदक जित्न सफल भएका छन् । भोली अन्तिम दिन सोमवार २ वटा प्रतियोगिता हुनेछ जसमा भारतले नै स्वर्णमा कब्जा गर्ने भन्ने विगत ३ दिनको खेलमा आएको परिणामले अनुमान गरिदैछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !