लोक समाचारदाता
जनकपुरधाम, मंसिर २० गते ।
जनकपुरधाममा पहिलो पटक भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती प्रतियोगिताले नेपाललाई एक रजत र तीन कास्य पदक दिलाउन सफल भएको छ ।

नेपालकी स्वांगीले कास्य र मनिषा सिंह, सरोज यादव र नरेश यादवले रजत पदक दिलाएको हो ।
जनकपुरधामको कवर्ड हलमा आयोजित सो कुस्ति प्रतियोगितामा भारतले चार वटै समूहमा स्वर्ण र श्रीलंकाले एक कास्य र तीन रजत पदक हासिल गरेको छ भने बंग्लादेशले कुनैपनि समूहमा पदक हासिल गर्न सकेन ।
५० किलो तौह महिला समूह तर्फ भारतकी शितल तमोरले स्वर्ण, श्रीलंकाकी निरोशनीले रजत र नेपालकी मनिषा सिंहले कास्य पदक हासिल गरिन् भने ५३ किलोग्राम तौल महिला समूह तर्फ पनि भारतकी पिन्की पालले स्वर्ण, नेपालकी स्वांगीले रजत र श्रीलंकाकी समिकाले कास्य पदक हासिल गरिन् ।

त्यसैगरी ५७ किलोग्राम तौल पुरुष समूहतर्फ भारतका राहुल कुमारले स्वर्ण, श्रीलंकाका कथुरांगाले रजत र नेपालका नरेशप्रसाद यादवले कास्य पदक जिते त्यसैगरी पुरुष तर्फकै ६५ किलो समूहतर्फ भारतकै अमितकुमार स्वर्ण, श्रीलंकाका चमाराले रजत र नेपालका सरोज यादवले कास्य पदक जितेका छन् ।
पदक हासिल गरेका खेलाडीहरुलाई प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, खेलकुद विकास परिषदका सदस्य सचिव लगायतका व्यक्तिले पदक प्रदान गरेका थिए ।
यसअघि प्रदेशका मुख्यमन्त्री राउतले प्रतियोगिताको उद्घाटन गर
का थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !