लोक समाचारदाता
जनकपुरधाम, मंसिर १८ गते ।
प्रदेश २ सरकार परिसरमा रहेको मधेश भवनमा प्लास्टिकजन्य पदार्थ प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निमित सचिवस्तरीय बैठकबाट वातावरणको ख्याल गर्दै मधेश भवन भित्र प्लास्टिकजन्य पदार्थ झोला, ग्लास, ब्याग र प्लेट इत्यादिको प्रयोग र प्रवेशमा मंसिर १८ गतेदेखि नै प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।
मन्त्रालयका अधिकृत राजेशकुमार मिश्रद्वारा विभिन्न मन्त्रालयको नाममा जारी पत्रमा वातावरणमा नाकारात्मक प्रभाव पार्ने प्रमुख मध्ये प्लास्टिक पनि रहेकोले मधेश भवनमा यसको प्रयोगले वातावरणका साथै सौन्दर्यतामा समेत ह्रास आउने भएकोले प्रयोग र प्रवेशमा प्रतिबन्ध लगाइएको भनिएको छ ।
साथै सो निर्णयलाई कार्यान्वयन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, समाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र निती आयोगलाई भनिएको छ ।
यसका साथै सुरक्षा बेश मधेश भवन मूल गेटलाई बोद्यार्थ जनाउंदै प्लास्टिकजन्य पदार्थ प्रवेश गर्न÷गराउन हुन नदिन समेत भनेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !