Monday, July 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सागको तयारी पुरा, सरसफाईमा उपमहानगरपालिका उदासीन


सुभाष कर्ण
जनकपुरधाम, मंसिर १८ गते ।
जारी दक्षिण एशियाली खेलकूद (साग) को जनकपुरधाममा आयोजना गरिने खेलकुदका लागि सम्पूर्ण तयारी पुरा भएपनि विवाह पञ्चमी महोत्सवले नगर फोहोर हुँदा सरसफाईमा जनकपुरधाम उपमहानगरपालिका उदासीन देखिएको छ ।
साग अन्तर्गत जनकपुरधाममा हुने कुस्ती प्रतियोगिताका लागि कार्यक्रम स्थल जिल्ला खेलकुद विकास समितिस्थित कवर्ड हलको रंगरोगणदेखि, खेल ग्राउण्ड, दर्शक दिर्घा, खेलाडीहरुको बास र मेडिकल लगायतका सम्पूर्ण तयारी पुरा भइसकेको स्थानीय आयोजक जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमल किशोर चौधरीले जानकारी दिनु भएको छ ।
उहाँले भन्नु हामीले खेलका लागि पुर्वाधार देखि सुरक्षा र मेडिकलको सबै व्यवस्थापन गरिसकेका छौं तर विवाह पञ्चमी महोत्सवमा देश तथा विदेशबाट आएका श्रद्धालुले गर्दा नगर फोहोर भएपछि सरसफाईका लागि उपमहानगरपालिकालाई पटक पटक आग्रह गर्दापनि कुनै चासो लिएको छैन ।
विवाह पञ्चमी महोत्सवमा सहभागी हुन आएका श्रद्धालु भक्तहरुले बाटो मै दिशा पिसाब, खाने कुरा र प्रयोग गरेका प्लास्टिक लगायतका सामाग्रीले खेल स्थल कवर्ड हल जाने बाटो नै फोहोर र दुर्गन्धित हु गएको हो । उपमहानगरपालिकाले सरसफाईमा चासो नलिएपछि समितिका पदाधिकारी तथा स्थानीय खेलाडीहरु नै सरसफाईमा जुटेका छन ।
उपमहानगरपालिकाका मेयर लालकिशोर सँग सरसफाई बारे जिज्ञासा राख्दा कवर्ड हल जाने बाटो मात्रै होइन नगरका अन्य ठाउँपनि फोहोर भएको छ उपहानगरपालिका सरसफाईमा जुटेकै नै समय लाग्छ, कवर्ड हल लगायत सबै क्षेत्र क्रमिक रुपमै सरसफाई हुन्छ बताउनु भयो ।
यता यही मंसिर २० गतेदेखि २३ गतेसम्म आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताको लागि प्रतियोगिता स्थललाई रंगरोगन चिटिक्क बनाईएको छ भने वर्षौदेखि फुटेका झ्याल र ढोकामा नयाँ सिसा लगाइएको छ । कर्भडहलको प्रयोगविहीन शौचालयमा टाइल्स, आवश्यक उज्यालोका लागि बत्ती जडान समेत गरिसकिएको छ ।
दुई दशकपछि जनकपुरधाममा सागको आयोजना गर्ने अवसरलाई सदुपयोग गर्दै भव्यबनाउने सम्पुर्ण तयारी पुरा भएको जिल्ला खेलकुद अध्यक्ष चौधरीले बताउनु भयो । युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद् (राखेप), जिल्ला खेलकुद विकास समितिको संयुक्त टोलीले प्रतियोगिताको आवश्यक सम्पुर्ण तयारी पुरा भइसकेको पछिल्लो पटक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिनु भएको थियो ।
‘खेलका लागि कवर्ड हलको मरम्मत तथा सम्भार, रंगरोगन, भौतिकपूर्वाधार निर्माण, झ्याल ढोकानिर्माण, स्टेज, बत्ति जडान, शौचालय निर्माण, दर्शक दिर्घा, भिआइपी कक्ष मर्मत सम्भार लगायतका कार्यहरु पुरा भयो, अध्यक्ष चौधरीले भन्नु भयो ‘प्रतियोतिा हुने स्थानको पुर्वाधार लगायत सबै श्रोतको सम्पूर्ण तयारी पुरा भइसकेको छ ।
नेपालकै इतिहासमै काठमाडौ उपत्यका बाहिर साग खेलको प्रतियोगिता भइरहेको छ जसमा जनकपुरधाम पनि परेकोले यहाँका खेलाड मात्र होइन स्थानीय समेत उत्साहित छन । जनकपुरधाममा २० गतदेखि २४ गतेसम्म सागको प्रतियोगिता आयोजना हुने तालिका रहेकोमा प्राविधिक कारणवश मात्र २३ गतेसम्म आयोजना हुने तर प्रतियोगिता सबै हुनेछ र खेलाडीहरु २४ गतेसम्म नै बस्ने अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।
जनकपुरधाम मात्र होइन देशको प्रतिष्ठा र गौरवसँग जोडिएकोले प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकार आवश्यक सम्पुर्ण सहयोग गर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बताउनु भएको छ ।
उहाँले भन्नु भयो जिल्ला प्रशासन कार्यालयसंग समन्वयन गरेर खेलको सुरक्षा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा अनुसन्धान टोली खटाईनेछ, खेलाडीको सुरक्षालाई मध्यनजर गर्दै एकिकृत सुरक्षा प्रणाली मार्फत ल्याउने, लैजाने तथा बस्ने व्यवस्था गरिएको छ ।’
जनकुरधाममा हुने साग खेल अन्तर्गत हुने कुस्ति प्रतियोगितामा दक्षिण एशियाका ७ देश मध्ये भुटान र माल्दिभ्स बाहेक सबैले सहभागिता जनाउने छ । २० गतेदेखि आयोजना हुने सो प्रतियोगितामा नेपाल, भारत, बंग्लादेश पाकिस्तान श्रीलंका सहितका देशले मात्र सहभागिता जनाउने छ ।
सागको कुस्तिमा पुरुष र महिला गरी ५ देशका ७५ खेलाडी सहित अन्तरष्ट्रिय प्रशिक्षक, रेफ्रि, व्यवस्थापक, निर्णायक गरी १ सय २५ जना जनकपुरधाम आउने अध्यक्ष चौधरीले समेत जानकारी दिनु भएको छ । जनकपुरधाममा हुने साग अन्तर्गत कुस्ती प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले ५६ लाख रुपैया खर्चको इस्टीमेट पठाएकोमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०÷२० लाख रुपैयाँ गरी कुल ४० लाख रुपैया उपलबध गराएको समितिका सचिवालय प्रमुख विनोद सिंहले जानकारी दिनु भएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे
Blast News

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

ताजा खबर

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव