लोक समाचारदाता
काठमाडौँ, कात्तिक २५ गते ।
हिन्दु राष्ट्र कायम गर्न मांग सहित आगामी कात्तिक २८ देखि सीताको जन्मस्थल जनकपुरधामदेखि भगवान बुद्धको जन्मभूमिसम्म राष्टिय प्रजातन्त्र पार्टी (संयुक्त) ले जानकी बुद्ध रथयात्रा हुने भएको छ ।
धर्म र संस्कृतिलाई एउटा जीवन्त राष्ट्रको पहिचान बनाउन अनि अनादि काल देखि रहि आएको सर्वधर्म सापेक्ष सनातन हिन्दू राष्ट्र नेपाल कायम गराउन सो रथ गर्न जगत जननी सीता र भगवान बुद्धको जन्मभूमि नेपालको सभ्यता र इतिहास गौरवपूर्ण रहेकोमा राप्रपा (संयुक्त) ले रथयात्रा गर्न लागेको हो ।
मिथिला सभ्यताको विरासत, सिम्रौनगढको वैभवशाली संस्कृति, मंगोलहरूको गौरवशाली संस्कृति, किरांत हरूको विरता, विद्वता युक्त मष्ठो सभ्यता सहित सिंजा राज्यको अदम्य साहस र वस्तुकला सहितको गौरवमय नेवारी संस्कृतिक परम्परा आज पर्यान्त नेपालको विशेषता र पहिचानको प्रतीक रहि आएको र एकतालाई अक्षुण्ण कायम राख्ने महान अभियानका लागि धर्म सापेक्षताको पक्षमा चट्टान झैं उभिएर राप्रपा (संयुक्त) ले जानकी बुद्ध रथ यात्राको आयोजना गर्न लागेको हो ।
सीताको जन्मभूमि जानकी मन्दिर जनकपुरबाट धार्मिक अनुष्ठान सहित आगामी कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म हुने धार्मिक रथयात्रा सिम्रौनगढ, गढीमाई, वाल्मीकि आश्रम त्रिवेणी सहितको ऐतिहासिक तिर्थस्थलको भ्रमण सहित मङ्सिर ४ गते भगवान बुद्वको जन्मस्थल लुम्बिनी पुगेर विशेष कार्यक्रमका साथ समापन हुने राप्रपा संयुक्तले जनाएको छ ।
धनुषाबाट निस्कने धार्मिक रथ यात्रा महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपुर, परासी र रूपन्देही हुँदै लुम्बिनी पुग्ने छ भने सो यात्राका क्रममा गढीमाई बारा र गजेन्द्र मोक्षधाम वाल्मीकि आश्रम त्रिवेणीमा धार्मिक अनुष्ठानको आयोजना समेत गरिने आयोजकले बताएको छ ।
राप्रपा संयुक्तद्वारा जारी विज्ञप्तिमा धार्मिक रथ यात्राका क्रममा विभिन्न स्थानमा हुने सभा तथा कोण सभालाई जगतगुरु सहित ॐकार धर्म गुरुहरू, सन्तहरूबाट सम्बोधन हुने कार्यक्रम तय गरिएको छ भने पार्टीका अध्यक्ष द्वय पशुपतिशमशेर जबरा र प्रकाश चन्द्र लोहनी सो धार्मिक रथ यात्राको सारथी रहने जनाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !