लोक समाचारदाता
जनकपुरधाम, कात्तिक २१ गते ।
प्रदेश २ का स्थानीय नेताहरुले चुनावमा पढे लेखेका होइन अनपढहरुलाई अवसर दिनुपर्ने मांग गरेका छन् ।
बुधवार जनकपुरधामा नेपाल शान्ति प्रतिष्ठानद्वारा आयोजित शान्तिपुर्ण र विश्वसनीय चुनावका आधारहरु विषयक सर्वपक्षीय संवादमा केही नेताहरुले कम पढे लेखेका र अदक्ष जनप्रतिनिधि तथा मन्त्रीहरुको कारण देश मात्रै होइन अन्तराष्ट्रियस्तरमा समेत राष्ट्रको बेइज्जत हुने गरेकाले आगामी दिनमा राजनीतिक पदीय र चुनावमा लडनेको योग्यता र दक्षता निर्धारण गर्नुपर्ने धारणा राखेका थिए ।
सो कुराको खण्ड गर्दै मधेश केन्द्रित राजपा नेपाल र समाजवादी पार्टीका महिला नेतृ सहितका नेताहरुले प्रधानमन्त्री डा. बाबुराम भट्टराई र केपी ओलीको उदाहरण दिदै भने बाबुरामजी धेरै पढे लेखेका भएपनि असफल भए तर ८ कक्षा मात्र पढेका ओली अहिले सफल भई हिरो बनेका छन । त्यसैले राजनीतिक पदीय र चुनावमा अनपढ गवारलाई नै अवसर दिनुपर्ने मांग गरे ।
उनीहरुले तर्क दिए पढेका लेखेका योग्य व्यक्तिहरु राजनीति गर्न आउंदैन, जागिरको प्रयासमा रहेका तिनीहरु कुनैपनि निकायमा काम गरेर खान सक्छ तर राजनीति र आन्दोलन गर्ने अनपढ गवार कहाँ जाने राजनीतिक नियुक्ति र चुनावको टिकटमा पनि बेवास्ता गरियो भन्यो तिनीहरुको भविष्य नै अन्धकार हुनेछ ।
साथै उनीहरुले उपमेयरमा दक्षता र योग्यताको आभावमा न्याययिक समिति प्रभावकारी नरहेको प्रसंगमा भने उपमेयर महिला भएको र तिनीहरु कम पढे लेखेको कारण हेप्ने काम हुंदै आइरहेकाले तिनीहरुलाई अवसरबाट वंचित गर्नुको सट्टा प्रशिक्षित गर्नुपर्ने वा भाडामा दक्ष व्यक्ति राखेर काम गराउनुपर्छ न कि त्यसलाई हेला गर्नुपर्छ ।
ती वक्ताहरुले आन्दोलनको क्रममा र पार्टी विस्तारमा अनपढ गवारलाई प्रयोग गर्ने तर टिकट दिने बेलामा पढे लेखेकालाई अवसर दिने प्रवृति अन्त्य गरी अनपढ गवार र महिलालाई अवसर सहितका कानून नै निर्माण गरी त्यसलाई प्रशिक्षित गरेर सघाउनुपर्ने सहितका कानून निर्माण गर्नुपर्ने धारणा समेत राखे ।
सो कार्यक्रममा शान्तिपुर्ण र विश्वसनीय निर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता उल्लंघनलाई तत्काल त्यसको उम्मेदवारी खारेज गर्ने सहितका कानून निर्माण र निर्वाचन प्रणाली समेत संशोधन गर्नुपर्ने आवश्यकता रहेको कुरामा केही वक्ताहरुले जोड दिए ।
यूरोपियन युनियन र राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा आयोजित सो कार्यक्रममा प्रदेश सभा सदस्य रामआशिष यादव, समाजवादीका जिल्ला संयोजक पशुपति यादव, राजपाका प्रदेश सभा सदस्य मनिष सुमन, परमेश्वर साह, नेतृहरु प्रमिला सिंह, सरिता शर्मा, विन्दु ठाकुर, पूनम ठाकुर, शोभा यादव सहित स्थानीय बुद्धिजीवी विष्णु कुंवर लगायतका व्यक्तिहरुले आ आफ्ना धारणा राखेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !