
लोक समाचारदाता
काठमाडौं, कात्तिक १९ गते ।
संघीय सत्ता साझेदार दल समाजवादी पार्टीले सरकारमा बस्ने वा हटने बारे कात्तिक ३० गते बस्ने पार्टीको बैठकबाट निर्णय गर्ने भएको छ ।
प्रदेश प्रमुखहरुलाई एक्कासी किन हटाएको बारे सत्ता साझेदार दल समाजवादी पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बोल्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट हटन संकेत गरेपछि उनले यस्तो निर्णय लिएका हुन ।
गत दुईदिन अघि केपी शर्मा ओली नेतृत्वको सरकारले एक्कासी प्रदेश प्रमुखहरुलाई किन हटाइएको हो भनी पार्टी भित्रै दबाव पर्न थालेपछि उनले प्रधानमन्त्रीसँग जानकारी लिन खोजेपछि उनलाई सरकारमा जथाभावी नबोल्न यदि बोलेमा सरकारबाट हटाई दिने संकेत आएपछि यस्तो निर्णय लिएका हुन ।
श्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टीलाई सरकारमै बसेर सरकारको आलोचना गर्नु नौतिकताको आधारमा कतिको उचित हो, यदि आलोचना नै गर्नु हो भने सरकारबाट जान चेतावनी दिएपछि समाजवादी पार्टी भित्र कोलाहल नै मचेको छ । स्रोतका अनुसार सरकारमा रहेर आलोचना गर्ने प्रवृत्ति कायम राखेमा मन्त्रिपरिषद पुनर्गठन गर्ने भनी यादवलाई प्रम ओलीले चेतावनी दिएका हुन ।

अध्यक्ष यादवलाई पार्टीका नेता कार्यकर्ताहरुले यस्तो लाज पचाएर सरकारमा बस्नुको कुनै औचित्य नरहेको भन्दै दबाव दिन थालेका छन् । तर उनले जवाफमा आगामी कात्तिक ३०-३१ गते बस्ने बैठकबाट सरकारमा बस्ने र हटने भन्ने निर्णय गर्ने बताएका छन् ।
सरकारमा बसेपनि आफ्नै पार्टीका प्रदेश प्रमुखलाई पनि किन हटाइएको भनी अध्यक्ष यादवलाई पार्टीका नेताहरुले दबाव दिन थालेपछि उनले आफूसँग बिना कुनै सहमति वा बिमर्शकै प्रदेश प्रमुख हटाएर सरकारले दुई तिहाईको दम्भमा घाउमा नून छर्कने काम गरेको भनी जवाफ दिई कार्यकर्तालाई सान्तवा दिने प्रयास गरेका छन् । तर पार्टीका नेता तथा कार्यकर्ताहरुमा अध्यक्ष यादवप्रति निकै आक्रोश देखिएको छ । समाहित नयाँ शक्ति पक्षधरहरुले यस्तै रवैया रहे भने छुटिएर जाने चेतावनी समेत दिन थालेका छन ।
यसैबीच श्रोतका अनुसार प्रधानमन्त्री ओलीबाट सरकारबाट हटाई दिने हप्की खाएका मन्त्री यादव नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कहाँ सरकारमा साझेदारी कायम राख्न लबी गर्न पुगेका छन । तर प्रचण्डले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको श्रोतको भनाई छ ।
यता मधेशीको अधिकारको मुद्दा उठाएर रातारात नेता बनेका अध्यक्ष उपेन्द्र यादवले संविधान ंसंशोधनको मुद्दा लिएर सरकारमा सहभागी भएको दुई वर्ष बितिसकेपनि सत्ता स्वाद चख्न केही गर्न नसकेको भनी निकै आलोचना हुन थालेका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !