लोक समाचारदाता
लहान, कात्तिक १९ गते ।
प्रहरीले लागुऔषध सहित एक युवकलाई सिरहाबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले जनाए अनुसार सिरहाको गोलबजार नगरपालिका ४ का १९ वर्षीय विजय कुमार यादवलाई लागू औषध सहित पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बरीयारपट्टी सिरहाबाट खटेको गस्ती टोलीले चेकजाँचको क्रममा दुई थान डाइलेक्स डिसी, नाईट्रोभेट ३६ पिस, नाईट्रोजन १०० पिस र स्पासो २४ पिस सहित पक्राउ गरेको सिरहाको प्रहरी नायव उपरीक्षक अपिलराज बोहरले जनाएको छ ।
पक्राउ परेको यादवलाई विरुद्ध थप अनुसन्धान भइरहेको जिप्रका सिरहाले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !