Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

माछा चोरी घटनाको रहस्य खुल्यो : गुठी र उपमहानगरपालिका प्रमुखकै संलग्नता


लोक समाचारदाता
जनकपुरधाम, कात्तिक १८ गते ।
जनकपुरधाम उपमहानगरपालिका र गुठी संस्थान जनकपुरधामले नै अवैधानिक रुपमा सार्वजनिक पोखरीबाट माछा चोर्न लगाएको रहस्य खुलेको छ ।
आइतवार जनकपुरधाम स्थित उपमहानगरपालिका कार्यालयको छेउमा रहेको दिर्घिका सर पोखरीमा उपमहानगरपालिकाका कर्मचारीको मिलोमतोमा माछा मार्ने क्रममा प्रहरीले पोखरी सफा गर्ने ठेक्का लिएका भन्ने व्यक्ति र माछा मार्ने मछुवारा सहित ५ जनालाई नियन्त्रणमा लिएका थिए ।
गुठी संस्थान जनकपुरका कर्मचारी रामदयाल साहलाई आफ्नै कार्यालयको मिलोमतोमा अवैध रुपमा माछा मार्ने काम भइरहेको जानकारी नभएको कारण धनुषा प्रहरीलाई भनेर रोक्न लगाएका थिए ।

यसरी हो दुवै संस्थाका प्रमुखहरुकै माछा चोरीमा संलग्नता

एकातर्फ घटना स्थलमा पुगेका गुठीका कर्मचारी राम दयाल साहले गुठीलाई कुनै जानकारी नै नदिई उपमहानगरपालिकाले अवैध रुपमा माछा मारिरहेको भनी रोक्न लगाए । अर्कोतर्फ गुठीकै प्रमुख मनोज शर्माले पछिल्लो सहमति अनुसार उपमहानगरपालिकाका मेयर लालकिशोर साहको आग्रहमा आफूले सो पोखरीको सौन्दर्यकरणका लागि उपमहानगरपालिकाकै जिम्मा दिएको बताएका छन् ।
अवैध रुपमा माछा मार्ने बारे जिज्ञासामा तम्सिदै उनले भने आफ्नो संस्थाले माछा मार्ने जस्ता कुनै ठेक्का लगाएको छैन, म्याद सकिएको र संचालनमा नआएका पोखरीहरु उपमहानगरपालिकाले नै संचालन गर्ने पछिल्लो सहमति अनुसार सो पोखरीको जिम्मेवार उपमहानगरपालिका रहेकोले अब त्यसले माछा मारयो कि सफाई गरियो त्यो संग हाम्रो कुनै सरोकार छैन ।
प्रमुख शर्मा र कर्मचारी साहको भनाईले प्रष्ट हुन्छ कि सफाईको नाममा दुवै संस्थाका प्रमुखकै मिलोमतोमै अवैध रुपमा सार्वजनिक पोखरीको माछा मार्ने काम गराइएको थियो ।
प्रहरी नियन्त्रणमा रहेका पोखरी सफा गर्ने ठेक्का लिएको भन्ने व्यक्ति जनकपुरधाम ६ का रविकुमार साहले आफूलाई उपमहानगरपालिकाकै कर्मचारीले अह्राएको बताएका थिए भने मछुवाराहरुले आफूलाई स्थानीय व्यवसायी सलीम मोबाइल सेन्टरका संचालन सलीम राईनले माछा मार्ने ठेक्का दिएको प्रहरी समक्ष भनेका थिए ।
घटना बारे मेयर साहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेपछि उपमेयर रीता मिश्रसँग जिज्ञासा राख्दा उनले पोखरी सफा गर्ने वा माछा मार्ने लगायतका कुनैपनि ठेक्का नलगाइएको र विरेन्द्र चौधरी भन्ने व्यक्ति आफ्नो कर्मचारी समेत नरहेको दाबी गरेकी थिइन । जबकि घटनास्थलबाट प्रहरीले करीब ५० हजार रुपैया बराबरको डेढ क्विन्टल माछा बरामद गरेको थियो । समयमै प्रहरी नपुगेको भए, सो पोखरीबाट लाखौ रुपैया बराबरको माछा मार्न सकिन्थ्यो ।

घटना माछा चोरी हो या पोखरी सफाई छर्लंग

दुवै संस्थाले पोखरी सफाई गर्न लागेको बताउंदै आएका छन् । तर घटनास्थलबाट प्रहरीले माछा बरामद गर्नुका साथै माछा किन्न पुगेका आधा दर्जनभन्दा बढी माछा व्यवसायीहरुलाई त्यहाँबाट खदेर भगाएका थिए । त्यति मात्र होइन प्रहरी नियन्त्रणमा रहेका मछुवारा कमलेश गोसाई समेतले आफूलाई स्थानीय व्यवसायी सलिम राईनले माछा मार्ने ठेक्का दिएको थियो र माछा मार्दा चोरी नहोस भन्ने उद्देश्यले सलिमलाई ठेक्का दिएका रवि साह यहाँ बसेको प्रहरी समक्ष नै संचारकर्मीलाई बताएका थिए ।
गुठी प्रमुखले सहमति अनुसार उपमहानगरपालिकालाई नै स्वामित्व दिइएको बताउंदै आएका छन । तर पछिल्लो सहमति अनुसार ४०÷४० प्रतिशत दुवैको स्वामित्व र २० प्रतिशत जिर्णोद्धारका लागि छुटयाइएको हो । तर माछा चोरी घटनाबाट पन्छिन उनले आफ्नो कुनै सरोकार नरहेको भनी गैरजिम्मेवार अभिव्यक्ति दिइरहेका छन् ।

को हुन रवि साह

पोखरी सफा गर्ने ठेक्का लिएका भनिने व्यक्ति रवि उपमहानगरपालिकाको विकास निर्माणको अधिकांश ठेक्का लिने मेयरका भान्जा अरुण साहका राईट हयाण्ड हुन । नगरमा सरस्वती स्कूलको भवन निर्माण, बल्ब जडान र हलोजिनलाईट जडान लगायतका दर्जनौ ठेक्का मेयर साहले आफ्ना भान्जा अरुणलाई दिएका छन र अरुणको सम्पूर्ण ठेक्काको काम रविले गर्दै आएका छन् ।

खोजीको विषय

माथिल्लो यी घटनामा विभिन्न कुराहरु शंकास्पद भई सम्बन्धित निकायलाई खोजीको विषय बनेको छ । १. उपमहानगरपालिकाका कर्मचारी भनिएका विरेन्द्र चौधरी शंकास्पद छन् । किनकी अभियुक्त रवि भन्छन कर्मचारी चौधरीसँग आफूले ठेक्का लिएको हो तर उपमहानगरपालिकाले भन्छ सो नामको व्यक्तिको हाम्रो कर्मचारी नै होइनन । आखिर को हुन त विरेन्द्र चौधरी ?
२. गुठी प्रमुख हाकिम भन्छ सो पोखरीमा हाम्रो सरोकार छैन, ५÷६ वर्षदेखि ठेक्का नै लागेको छैन, त्यसमा सफाई गर्दा माछा कहाँबाट आयो । यदि वास्तवमा सो पोखरीमा माछा उत्पादनका लागि जिरा हालिएन भने माछा कहाँबाट आयो ? एकातर्फ कर्मचारीले रोक्न लगाउँछ अर्कोतर्फ प्रमुखले आफ्नै सहमतिमा सफाई गर्न लगाइएको हो, यी कुरामा के हो वास्तविकता खोजीको विषय बन्न गएको छ ।
३. घटना स्थलबाट बरामद गरिएका माछा प्रहरी भन्छन गुठीको स्वामित्व रहेकोले गुठीको जिम्मा लगाइएको छ, तर प्रमुख शर्मा भन्छन कहाँ गयो माछा आफूलाई के थाहा । आखिर त्यो माछा कहाँ गयो सम्बन्धित निकायका लागि चासोको विषय बन्न गएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव