Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेशलाई प्रमुख विहीन बनाउनु राष्ट्रपतिको अवैधानिक कदम


राजनीतिक आस्थाले प्रदेश प्रमुख हटाउनु गलत नजिरको शुरुवात

लोक समाचारदाता
जनकपुरधाम, कात्तिक १७ गते ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेश प्रमुखलाई हटाएको कुरा अवैधानिक र पुर्वाग्राही रहेको प्रतिपक्षी दल र संविधानविदहरुले बताएका छन ।
कुनैपनि पदाधिकारीहरुलाई बिना कारण हटाउनुपर्ने कारण खुलाउनु पर्ने प्रावधान रहेकोमा प्रदेश प्रमुखहरुलाई एकसाथ हटाउनुको कारणबारे राष्ट्रपतिको विज्ञप्तिमा केही उल्लेख नरहेको कारण विपक्षी दल कांग्रेसले यसलाई पुर्वाग्राही सोच भनेका छन ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देउवा सरकारका पालाका नियुक्त भएका कारण नेकपा सरकारले राजनीतिक पुर्वाग्रहमा प्रदेश प्रमुखहरुलाई बिना कारण हटाउनु भनेको गलत रहेको बताएका छन ।
आइतबार साँझ मन्त्रिपरिषदको निर्णयको आधारमा संविधानको धारा १६५ को उपधारा १ खण्ड (ख) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ललाई पदमुक्त गरेको छ । तर एकैसाथ सबै प्रदेश प्रमुखलाई पद मुक्त गर्नु भनेको राष्ट्रपतिको अवैधानिक कदम रहेको विपक्षी दलहरुको भनाई छ ।
संविधानको धारा १६५ को उपधारा १ (ख) अनुसार प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गर्न सक्ने व्यवस्था छ । तर एकै पटक सबै प्रदेश प्रमुखलाई पदमुक्त गर्नुपर्ने व्यवस्था छैन । प्रदेश प्रमुखको पद रिक्त भएमा सो प्रदेशको कामकाज जिम्मा नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्म अर्को प्रदेश प्रमुखलाई तोक्नुपर्ने भन्ने कुरा धारा १६५ कै उपधारा २ मा उल्लेख छ ।

राष्ट्रपतिको पछिल्लो कदमसँगै संविधानले सबै प्रदेशका प्रदेश प्रमुख एकैसाथ हटाउन मिल्छ कि मिल्दैन भन्ने नयाँ विवाद उब्जिएको छ । धारा १६५ को उपधारा २ अनुसार राष्ट्रपतिले कुनै एउटा प्रदेश प्रमुखलाई मात्र एकपटकमा पदमुक्त गर्न सक्ने हो । संविधानको कुनै पनि धाराले सबै प्रदेशका प्रमुखहरूलाई एकैचोटि हटाउन सक्ने व्यवस्था नरहेकोले राष्ट्रपतिको अवैधानिक कदम रहेको भन्ने ठहर विपक्षी दल र संविधानहरुले गर्न थालेको छ ।
राष्ट्रपतिले पदमुक्त गरेलगत्तै मुलुकमा अहिले प्रदेश प्रमुख कोही पनि छैनन् । राष्ट्रपतिको विज्ञप्तिमा समेत सबै प्रदेश प्रमुख पदमुक्त भएको अवस्थामा ती प्रदेशहरूमा प्रमुख को हो भन्ने कुरा उल्लेख छैन । जबकि, संविधानले सबै प्रदेशमा प्रदेश प्रमुख हुनैपर्ने व्यवस्था गरेको छ ।

राष्ट्रपतिको अवैधानिक कदम गलत नजिरको शुरुवात
संविधानविद् भीमार्जुन आचार्यले विभिन्न संचारमाध्यम संग कुरा गर्दै राष्ट्रपतिको कदम गैरसंवैधानिक रहेको ठहर गरेका छन् । उनका अनुसार संविधानका कुनै पनि धाराले सातवटै प्रदेशका प्रमुखलाई एकसाथ हटाएर प्रदेशलाई प्रमुख विहिन बनाउने कल्पना गरेको छैन । यसले प्रष्ट हुन्छ कि यो स्वेच्छारी निर्णय मात्र होइन, अधिकारको दुरुपयोग समेत हो ।
उनले भने राष्ट्रपतिको यो गैर संवैधानिक कदमले गलत नजिरको शुरुवात भएको छ । यसले आगामी दिनमा सरकार पिच्छै प्रदेश प्रमुखहरु हटाउने परम्परा बसाल्छ, उनको यो कदमले राजनीतिक अस्थिरता ल्याउंछ ।
अर्का सविधानविद विपिन अधिकारी भन्छन संवैधानिक रुपमा हेर्ने हो भने सरकारलाई यस्तो निर्णय गर्ने अधिकार छ । तर संविधानलाई मिचेर एकैपटक सबै प्रदेश प्रमुखलाई पदमुक्त गरी प्रदेशलाई प्रमुख बनाउनु गलत नजिरको शुरुवात हो ।
ध्यान दिनुपर्ने अर्को कुरा के हो भने सात जना मध्ये कुनै पनि प्रदेश प्रमुखको काम, कारवाही वा चरित्रमा प्रश्न उठेको थिएन । कसैले सरकारलाई असहयोग गरे जस्तो पनि थिएन । यस्तो अवस्थामा राजनीतिक आस्थाको आधारमा हटाउनु भनेको सरकारको गलत कदम रहेको छ ।
त्यसैगरी राजनीतिक विश्लेषक श्याम श्रेष्ठले पनि कानूनतः प्रदेश प्रमुखलाई हटाउन सक्ने राष्ट्रपतिको अधिकार छ तर एकै पटक सबैलाई हटाएर प्रदेशलाई प्रमुखविहिन बनाउनु अधिकार संविधानले दिएको छैन । सरकारको यो निर्णयले नयाँ नजिर स्थापित भएको छ । अब सरकार परिवर्तन भएपिच्छे प्रदेश प्रमुखहरू फेरिने अवस्था आउन सक्दछ ।

सहमति नजुटदा नयां प्रमुख नियुक्त भएन
यसैबीच मन्त्रिपरिषदले आइतवार नै नयाँ प्रदेश प्रमुखहरुलाई सिफारिस गर्ने भनिएको थियो । तर सत्तारुढ दल नेकपा सचिवालयको बैठकमा सहमति जुटन नसकेपछि नयाँ प्रदेश प्रमुखको नियुक्तिको टुंगो लाग्न सकेको छैन । सोमवार बस्ने सचिवालयको बैठकबाट निर्णय गरी मन्त्रिपरिषदमा नामावली लग्ने नेकपा श्रोतले जनाएको छ । तबसम्मका लागि प्रदेशहरु प्रमुख विहिन रहने छ ।
सर्वोच्च निर्णयले पछिल्लो पटक हटाउन सकिएन

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते ७ वटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त भएको थियो । चुनावलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज २० मा चुनावी आचार संहिता जारी भइसकेपछि देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेको थियो ।
त्यसबेला नै प्रदेश प्रमुखहरुको पद के हुने भन्ने बहस भएको थियो । तर सरकारले यसबारे थप निर्णय गर्न नपाउँदै सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णय अमान्य उल्ट्याइदिएपछि ओली नेतृत्वको सरकारले त्यस बेला रोकेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव