Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

छठमा सुर्यादि स्नानले चर्मरोग र बाँझपन निको हुने वैज्ञानिक कारण (विस्तारमा)


सुभाष कर्ण
जनकपुरधाम । प्रत्येक वर्ष झै यसवर्ष पनि कात्तिक शुक्ल षष्ठीका दिन छठ पर्व निकै आस्था र हर्षोल्लासका साथ मनाइदैछ ।
छठ पर्व धार्मिक आस्थाका केन्द्र मात्र होइन वैज्ञानिक कारणले पनि मानवीय जीवनको लागि निकै नै लाभदायी मानिएको छ । छठ पर्व गर्नाले चर्मरोग निको हुने र बाँझपन समस्या दुर हुने जनविश्वास रहेको छ । तर वास्तवमा भन्ने हो भने धार्मिक आस्था मात्र नभई वैज्ञानिक कारण पनि हुन छठ पर्वमा उपवास बसी स्नादीका समय सुर्य अर्घदान गर्नाले ती रोगहरुबाट उन्मुक्ति पाउने ।
छठ पर्वमा खासगरी व्रतालुले दुई सम्म उपवास र सांझ पख स्नान पश्चात पानीमा उभेर अस्ताउंदो सुर्य र बिहान पख उदाउंदो सुर्यलाई अर्घ दिइने गरिन्छ । धार्मिक आस्था अनुसार छठ पर्व गर्नाले षष्ठी देवी र सुर्यदेवको कृपाले चर्मरोग, बांझपनबाट उन्मुक्ति र परिवारमा सुख शान्ति आउने गर्छ । वैज्ञानिक कारणले उपवासको क्रममा सांझ र बिहान पख पानीमा उभ्नु र स्नानले विभिन्न वैक्टरिया नष्ट भई चर्मरोगलाई निको पार्ने तथा बांझपन महिलाको रहेको फेलोपियन टयुब खोलेर सन्तान जन्माउने योग्य बनाउछ ।

धर्म ग्रन्थमा स्नानको प्रकार र फाइदा

हिन्दु धर्मग्रन्थहरुमा स्नानलाई चार प्रकारमा विभाजन गरिएको छ ।
१. मुनि स्नान ः स्नानको यो पहिला प्रकार हो, बिहान ४ बजेदेखि ५ बजेसम्म गरिन्छ ।
२. देव स्नान ः यो स्नान बिहान ५ बजेदेखि ६ बजेसम्म गरिन्छ । सांझ ४ बजेदेखि ५ बजे सुर्यास्त बेलासम्मको स्नानलाई पनि देव स्नान नै भनिएको छ ।
३. मानव स्नान ः बिहान ६ देखि ८ बजेसम्मको स्नानलाई मानव स्नान भनिएको छ ।
४. राक्षसी स्नान ः बिहान ८ बजेदेखि दिउंसो ४ बजेसम्ममा गरिने स्नान हो राक्षसी स्नान । हिन्दु धर्ममा यस स्नानलाई निषेध गरिएको छ ।
माथिल्लो यी स्नान मध्ये सबैभन्दा उत्तम स्नान देव स्नान भनिएको छ । किनभने यो स्नानको बेला जल र सुर्यमा भगवानको निवास हुन्छ । यस समयमा नदी, तालाब सहितको जल स्वच्छ र निर्मल हुन्छ भने विभिन्न वैक्टरिया रहित र प्रतिरोधक तत्वहरु हुने गरेको वैज्ञानिक मान्यता छ ।

स्नानबाट हुने फाइदा

माथि उल्लेखित स्नान मध्ये मुनि स्नान गर्दा मनमा शान्ति, स्मरण शक्तिमा वृद्धि र उत्तेजनाबाट उन्मुक्ति सहितका फाइदा हुन्छ । देव स्नान गर्नाले शरीरमा वैक्टेरिया प्रतिरोधात्मक शक्ति बढाउने, मानसिक तनावबाट उन्मुक्ति र रक्त सफा गरी शारिरीक विकार नष्ट पार्ने लगायतका फाइदा हुन्छ ।
त्यसैगरी मानव स्नानले शरीरमा स्फुर्ति, मन एवं तनमा स्वस्थ्यता, बाह्य किटानु नष्ट पार्ने लगायतका फाइदा हुन्छ तर राक्षसी स्नानले जलमा रहेको वैक्टेरिया नासक तत्व नष्ट हुने, पानीमा खारापन बढी हुने लगायतका कारणले यसले शरीरमा फाइदा भन्दा बढी हानी गर्ने गरेको छ । त्यसैले यस स्नानलाई धार्मिक एवं वैज्ञानिक दुवै कारणले निषेध गरिएको छ ।

उपवासको क्रममा स्नान लाभप्रद

स्नानलाई परापुर्वकाल देखि नै चिकित्सा पद्धतिको रुपमा लिइदै आएको छ । खासगरी उपवासको समयमा स्नान गर्दा झन लाभप्रद हुन्छ । उपवासको क्रममा इंसुलिन संवेदनशीलतामा वृद्धि हुने गरेको कारण प्लाज्मा ग्लूकोज व इंसुलिन सांद्रता स्तरमा कमी हुन्छ र हानीकारक रक्त ग्लूकोजमा कटौती भएपछि वैक्टेरिया सहनशीलतामा सुधार हुन्छ जसले शरीरमा रहेका विभिन्न रोगबाट मुक्ति दिलाउने गर्छ । यसक्रममा स्नान गर्दा चर्मरोग लगायतका विभिन्न बिमारीबाट निको पार्छ ।
उपवासको क्रममा आक्सिडेटिव तनावको स्तरमा कमी भएपछि प्रोटींस, लिपिड्स वा डीएनएमा कमी भएका आक्सिडेटिव कमजोर भएपछि गर्मी, आक्सीडेटिव र चयापचय तनाव सहित विभिन्न तनावको प्रतिरोधमा वृद्धि र रोग प्रतिरक्षामा वृद्धि हुने विभिन्न शोध संस्थानले ठहर गरेको छ ।

सुर्यादि स्नानले चर्मरोग नै किन निको

चर्मरोगको विभिन्न प्रकार मध्ये कुष्टरोग (ल्याप्रोसी), रातो धब्बा सहितको छालारोग (सोरियासिस) र सफेद दाग (ल्युकोडर्मा) हुन । यी चर्मरोगहरु छठको बेला अर्थात सुर्यको रातो किरण समान रुपमा पर्ने समयमा स्नान गर्दा निको हुने गर्छ ।
कुष्ठरोगलाई अहिलेसम्म देव श्रापित भ्रम समाजमा रहदै आएको छ तर वास्तवमा भन्ने हो भने गेरहार्ड आर्मोर हैन्सेन, माइकोबैक्टेरियम लेप्री र माइकोबैक्टेरियम लेप्रोमेटा‘सिस जिवाणुको कारणले हुने गर्छ । यो मुख्यतः माथिल्लो श्वसन तंत्रको श्लेष्म र बाह्य नसाको एक ग्रैन्युलोमा सम्बन्धी रोग हो यसको लक्षण शारिरीक त्वचामा देखिने घाव हो ।
माथिल्लो यी चर्मरोगहरु खासगरी शरीरमा रहेका हावा, पानी, खानपान र मौजूदा प्रदुषणले रगतमा हुने प्रभावले टाक्सिन्स जमा हुँदा हुने गर्छ ।

षष्ठी बेला सुर्यादि स्नानबाट बांझपनबाट मुक्ति

छठ पर्व गर्नाले निसन्तानले सन्तान पाउने अर्थात बाँझपन दुर हुने धार्मिक मान्यता जनविश्वास रहेको छ । धार्मिक मान्यता नभई वैज्ञानिक कारण पनि हुन । यसलाई हामी यसप्रकारले प्रष्ट पार्न सक्छौ ।
सन्तान जन्माउने क्षमता महिलामा मासिक रजश्वाला नियमितले हुन्छ । यदि अनयिमत भए बच्चा जन्माउन सकिदैन किनकी नियमित रजश्वालाको क्रममा साइक्लिकल आव्यूलेशनको समय हुन्छ त्यस बेला फेलोपियन टयुबले पुरुषको स्पर्मलाई महिलाको गर्भाशयसम्म पुराउने गर्छ र त्यसले गर्भ ठहरिन्छ ।
इन्दिरा आई वी एफ फरीदाबाद सेंटर का आई वी एफ स्पेशलिस्ट डा. ज्योति गुप्ताका अनुसार
फेलोपियन ट्यूबले संकुचन वा निषेध भएको खण्डमा स्पर्म गर्भाशयसम्म पुरयाउन नसक्दा बाँझपनको स्थिति आउंछ । बांझपनका कारणहरु हुन पालिसिस्टिक ओवरी सिंड्रोम, हाइपोथैलेमिक अमेनोरिया, प्रोलैक्टिन का अधिक उत्पादन र एंडोमेट्रोसिस ।
पालीसिस्टिक ओवरी सिंड्रोम (पीसीओएस) ः यो एक हार्मोनल विकार हो जसले महिलाको की प्रजनन श्रमता प्रभावित गर्छ । अनियमित रजश्वला र अधिक रक्त बग्दा महिलाको अंडा बन्ने बेलामा फुटन नसक्दा गर्भधारण हुन पाउंदैन ।
हाइपोथैलेमिक अमेनोरिया ः हाइपोथैलेमस एक ग्रंथि हो जसले शरीरमा हार्मोन उत्पादनमा नियन्त्रित गर्छ । हाइपोथैलेमस तनाव, आहार, अचानक वजन बढ़ला वा कम हुंदा प्रभाव पार्छ र मासिक धर्मलाई अनियमित बनाएर गर्भधारण गर्नमा समस्या गर्छ ।
प्रोलैक्टिन का अधिक उत्पादन ः प्रोलैक्टिन पिट्यूटरी ग्रंथि द्वारा उत्पादित एक हार्मोन हो । यदि प्रोलैक्टिन उत्पादन सामान्यभन्दा बढी हुन्छ भने एस्ट्रोजनको उत्पादनमा प्रभाव पार्छ र जसले गर्दा अनियमित मासिक धर्म हुन जान्छ र गर्भधारण हुन दिदैन ।
एंडोमेट्रोसिस ः एंडोमेट्रियम ऊतक एक श्लेष्म झिल्ली ऊतक हो जसले गर्भाशयलाई रेखांकित गर्छन र अण्डा प्रत्यारोपणका लागि आवश्यक हुन्छ । जब एंडोमेट्रियम ऊतक गर्भाशयलाई बाहिर बढाउंछ तब एंडोमेट्रोसिस हुन्छ र त्यो ओवेरियन सिस्ट भएपछि प्रजनन क्षमतालाई कम गर्छ र गर्भधारणमा समस्या पार्छ ।
यी सबै समस्याको समाधानको रुपमा मौसम समान्य प्रतिकुल अवस्थामा सुर्यको रातो परावेग किरण बराबरमा मात्रामा पर्ने बेलामा गर्म र ठण्डा पानीको जलोपचार अर्थात शरीरको बाह्य भाग हुंदै भितरसम्म अनुभुति गर्नु अर्थात पानीमा केही बेर उभेर शरीर सन्तुलित अवस्थामा आएपछि स्नान गर्नु हो । जुन छठ पर्वको बेला नै गर्न पाइन्छ ।

स्नान जलोपचार चिकित्सा

स्नानलाई जलोपचार प्राकृतिक चिकित्साको रुपमा लिइएको छ । जलमा एनीमा या कोलोनिक सहितका प्रमुख दुई तत्व हुन्छ र त्यसमा यूरिक एसिड, यूरिया, नमक, अत्यधिक चीनी, र कयौ ंअन्य रक्त तथा खाद्य रसायन समाविष्ट हुन्छ ।
जलतापीय चिकित्सा अतिरिक्त रूपबाट तापमानको प्रभाव का उपयोग, गर्म र ठंडे स्नानलाई महत्वपूर्ण मानिएको छ । खासगरी हाइड्रिएटिक अनुप्रयोगले ठंडा र गर्म जलको तोकिएको फेरनहाइट र सेल्सियसको मात्रामा स्नान गर्दा चर्मरोगबाट निको हुने वैज्ञानिक कारण छ ।
एक भारतीय सोधका अनुसार बिहानको ठण्डा तापमानको ५५—६५ देखि ६५—८० फेरनहाइट र १३—१८ देखि १८—२७ डिग्री सेल्सियस तथा सांझ पखको गर्भ तापमानको ९२—९८ डिग्री फेरनहाइट र ३३—२७ डिग्री सेल्सियमा स्नान गर्दा शरीरको बाह्य भागमा वैक्टेरिया नष्ट पार्नुको साथै रक्त कोशिकामा समेत प्रभाव पार्ने गर्छ ।
किनकी यो दुवै प्रक्रियामा सुर्यको सामान प्रकाश शरीरमा पर्ने गर्छ । सुर्यको यो सामान अवसर मात्र कात्तिक मासको शुरुआतमा पाइन्छ, जुन षष्ठी र सप्तमी तिथीका दिन पर्छ । हुनत अन्य तिथिमा हुने गरेको छ । तर यो तिथिमा निश्चित तापक्रम हुने गर्छ । कात्तिक मासमा मौसम सफा हुन्छ र सुर्यको किरण पृथ्वीसम्म अनुकुल रुपमा पर्ने गर्छ ।
यो तापक्रमको गर्म जलले शरीरमा रहेको गर्मी अवशोषित गर्छन र ठण्डा जलले ती गर्मी सहितका शारिरीक स्नायु विकारलाई त्यसलाई बाहिर निकाल्ने गर्छ ।

जलोपचारको लाभ र शारीरिक प्रभाव

जलोपचार के स्वास्थ्यवर्धक और चिकित्सकीय गुण निकै प्रभावी अहिलेसम्म मानिदै आएको छ । जसको वर्तमान उदाहरण छठ पर्वमा गरिने स्नानले चर्मरोग र बाँझपन उपचार हो ।
ठण्डा जलले हार्मोनको उतेजनामा ह्रास र गर्म जलले हार्मोनलाई उत्तेजनामा वृद्धि ल्याउने गर्छ । नसा, त्वचामा गर्म र ठण्डा प्राकृतिक जलको गहिरो अनुभुतिले प्रतिरक्षा प्रणालीको उत्तेजक, तनाव हार्मोनको उत्पादनलाई प्रभावित गर्ने, परिसंचरण र पाचनलाई उत्तेजित गर्न, रक्तको प्रवाहलाई प्रोत्साहित गर्न सहायक हुन्छ ।
गर्मी जलले आंतरिक अंगहरुको गतिविधिले सुस्त शरीर शान्त गर्छन भने ठंडा, उत्तेजित गर्दै आंतरिक गतिविधिा वृद्धि गर्छन । त्यसैले छठ पर्वमा पहिला अस्ताउंदो सुर्य अर्थात तोकिएको गर्म जल ठण्डा हुंदै गर्दा र बिहान पख उदाउंदो सुर्यको बेला ठण्डा जल गर्म भइरहेको बेला पानीमा उभ्ने र सम्पूर्ण शरीरमा पानीको प्रविष्टताका लागि स्नान गरिन्छ । यी प्रक्रिया नदी, तालाब, कुँआको जलमा मात्र गर्न सकिन्छ कृतिम जल अर्थात प्रविधि तरिकाले गर्म वा ठण्डण्डा गरी प्रयोग गरिएको खण्डमा शारिरीक फाइदा होइन हानी पुरयाउने गर्छ ।

विज्ञानमा सुर्य चिकित्सा
सूर्यमा हाइड्रोजन, हिलियम, लोहा, निकेल, आक्सीजन, सिलिकन, सल्फर, मैग्निसियम, कार्बन, नियोन, कैल्सियम, क्रोमियम लगायतका तत्व हुन्छ र त्यसबाट सात रंगको किरण उत्पन्न गर्छन । ती किरणहरु शारिरीक उपचार र जीव विकास क्रमको प्रमुख द्योतक हुन ।
सूर्य चिकित्साको सिद्धान्त अनुसार रोगोत्पत्तिका कारण शरीरमा रहेका विभिन्न रंगहरु उतार चढाव हो । सो चिकित्सा अनुसार रंगहरुको शरीरमा विभिन्न कार्य छन । त्यही बढी कमी भएपछि विभिन्न रोगहरु लाग्ने गर्छ । उदाहरणका लागि लाल रंग उत्तेजना र नीला रंग शक्ति उत्पन्न गर्छन ।
मानव शरीर रासायनिक तत्वहरुले बनेको छ । रंग पनि एक रासायनिक मिश्रण नै हो । जुन अंगमा जुन प्रकारको रंग हुन्छ त्यही प्रकारको बनौट हुन्छ । जस्तै शरीरको छाला, कालो, सेतो, गेहुवा लगायतका कपाल कालो, आँखा कालो, निलो, पहेलो र रगत रातो हुनु । यी रंगमा परिवर्तन देखिएपछि विभिन्न बिमारी देखा पर्छन ।
सुर्यको किरणमा रहेका सात रंग अर्थात पराबैगनीले विभिनन रोगको किटानुलाई नष्ट पारी स्वस्थ्य जिवन प्रदान गर्छन । वैज्ञानिक तथ्य अनुसार जुन व्यक्ति सूर्योदय वा सुर्यास्तको समयमा रातो किरणको सेवन गर्छन त्यसलाई हृदय रोगबाट निको पार्छ र त्यो समयमा पृथ्वीमा सामान रुपले किरण परेको बेला स्नान गर्दा चर्मरोगमा रहेका वैक्टेरिया नष्ट पारी निको बनाउंछ ।
सुर्यको रातो किरणले पिलिया रोगबाट पनि उन्मुक्ति पाउने गरिन्छ । इण्डियन मेडिकल एसोसिएशनका सचिव डा. अजय सहगलले गरेको सोध अनुसार जन्मिने अधिकांश बच्चा पिलिया रोगबाट ग्रसित हुन्छ । त्यसको उपचार स्वरुप सूर्योदयको बेला पर्ने किरण शरीरमा पर्ने गरी सुताउने गरिन्छ । जसले अल्ट्रा वायलेट किरणहरु शरीरमा पर्दा पिगमेन्ट सेल्स पर रासायनिक प्रतिक्रिया प्रारम्भ भी पिलीया समाप्त पार्छन । डाक्टरहरुले पनि नर्सरी में कृत्रिम अल्ट्रावायलेट किरणयुक्त लैम्पमा बालेर उपचार गर्ने गर्छन ।
त्यसको अर्को उदाहरण हुन शिशुलाई बिहान पख तेल लगाएर सुर्योदयको बेला सुर्य किरण पर्ने गरी सुताइन्छ ।
(साभार ः विभिन्न चिकित्सकको अनुसन्धान र धार्मिक आलेखहरु)

नोट : यो आलेख लेखक आफ्नो अथक मेहनतपछि तयार पारेको हो । कृप्या यसको कपि पेष्ट वा कुनै लेख्य सामाग्री बिना इजाजत नलिनु होला । यदि लिए भने कपीराईट अन्तर्गत कानूनी प्रक्रियामा हामी अघि बढने छौ )

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

ताजा खबर

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव