लोक समाचारदाता
जनकपुरधाम, कात्तिक १४ गते ।
सिरहा प्रहरीले लागू औषध ब्राउन सुगर सहित ४ जना युवकलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले जिल्लाको नरहा गाउँपालिका ३ मा सवारी चेकजाँचको क्रममा १ हजार १ सय ८० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित तिनीहरुलाई पक्राउ गरेको हो ।
ईप्रका गोलबजारले जनाए अनुसार पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका १० का २० वर्षिय रोशन कुमार यादव, २० वर्षिय संजित कुमार यादव १८ वर्षिय संजित मुखिया र २१ वर्षिय संजय मुखिया रहेको छ ।
प्रहरीले चेकजाँचको क्रममा तिनीहरुले प्रयोग गरेको स ५ प ३६०३ नम्बरको मोटरसाइकल समेत ब्राउन सुगर सहित नियन्त्रणमा लिएका छ । प्रहरी नियन्त्रणमा रहेका चारै जना विरुद्ध थप अनुसन्धान भइहेको ईप्रका गोलबजारले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !