सुभाष कर्ण
जनकपुरधाम, कात्तिक १४ गते ।
संघीय सरकारका उपप्रधान एव स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जनकपुर आउँदा फोहर र दुर्गन्धनले आत्म गलानी हुन्छ बताएका छन् ।
भिजिट नेपाल प्रदेश नं. २ द्वारा जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आज मात्र होइन विगतदेखि नै जनकपुर आउँदा यहाँको फोहर र दुर्गन्धले आफूलाई आत्म गलानी हुँदै आएको भने ।
मन्त्री यादवले जनकपुरधामलाई पर्यटकीय रुपमा विस्तार गर्न सफा, स्वच्छ र सुन्दर बनाउन आवश्यक छ यसमा स्थानीय, प्रदेश र संघीय सरकार सहित तिनवटै निकायलाई ध्यान दिन जरुरी रहेको भने ।
उनले भने जनकपुरधामको पर्यटकीय संरक्षण र सुधारका लागि वृहत्तर क्षेत्र परिषद गठन गरिएको छ तर त्यो नामको मात्र रहेको बताउंदै त्यसलाई आफूमा सुधार ल्याउन उतिकै आवश्यक रहेकोमा जोड दिए ।
साथै मन्त्री यादवले यहाँ आउने पर्यटक लोटा लिएर बाटोमा शौच गरिरहेका व्यक्तिलाई हेर्न होइन यहाँका मिथिला संस्कृति र सभ्यता हेर्न आउंछ । त्यसैले यहाँको विकासका लागि लोटा लिएर बाटोमा बस्ने प्रवृति हटाएर सफाई र स्वच्छतामा ध्यान दिन आग्रह गरे ।
मिथिला र मैथिलीको संस्कृति र सभ्यता प्राचीनकाल देखि नै अग्रनीय स्थानमा उनले दाबी गर्दै मैथिली भाषा नेपालको सबैभन्दा प्राचीन हो, मिथिलाको ती गौरव गाथा र गरिमलाई फेरी समेटेर त्यसलाई उजागर गर्न र स्वच्छतामा ध्यान दिन हामीको दायित्व रहेको भने ।
मिथिला संस्कृति, मैथिली भाषा र मिथिला आर्टकै महत्वमा समय खर्चेका समाजवादी पार्टीका अध्यक्ष समेत रहेका मन्त्री यादवले साँझ पर्न बितिकै मैथिली अभियानीहरु रक्सीमा मातिने गरेको संकेत गर्दै त्यसमा सुधार गर्न आग्रह समेत गरे ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !