
लोक समाचारदाता
काठमाडौ, कात्तिक १० गते ।
दिपावलीको पुर्व सन्ध्यामा संघीय राजधानी काठमाडौ स्थित महाराजगन्जको एक जुवा खालबाट प्रहरीले २ करोड ६७ लाख रुपैयाँसहित २५ जना पक्राउ गरेका छन् ।

गएराति जुवाखालमा प्रहरीले छापा मार्दा को साम्बाला होटेल पछाडिको जुवाखालबाट क्यासिनो किङले परिचित बलराम सापकोटा र श्रवण गोयलसहित २५ जनालो सो रकम सहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका काठमाडौँका एक प्रहरी अधिकारीले जानकारी दिएका छन्।
उच्च पदस्थ व्यक्तिहरू जुवा खेलिरहेको सूचना पाएपछि छापा हान्न पुगेको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका अन्य व्यक्तिहरूबारेमा प्रहरीले अनुसन्धान असर पर्ने भनी केही खुलाएको छैन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !