लोक समाचारदाता
लहान, कात्तिक ७ गते ।
सिरहा प्रहरीले बरामद गरिएका अबैध तीन हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ ।
जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ स्थित सितापुर, देबारीका विभिन्न ६ वटा स्थानबाट बरामद गरिएको घरेलु मदिरा स्थानीय जनप्रतिनिधी, पत्रकारको रोहवरमा प्रहरीले नष्ट गरेको हो ।
चाड पर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत ईलाका प्रहरी कार्यालय लहानले लहान, सितापुर, महेशबारी, ठाडि, भोटियाटोल लगायतका स्थानमा सो अवैध घरेलु मदिरा बरामद गरेको थियो ।
गत असोज २४ गतेदेखि प्रहरीले चलाएको सर्च अभियान अन्तर्गत बुधबार लक्ष्यपुर पतारी गाउँपालिका ६ स्थित सितापुरका विभिन्न ६ वटा स्थान बाट ३ हजार लिटर अबैध मदिरा बरामद गरि नष्ट गरेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
यस कार्यलाई स्थानीय निकायहरुसँग समेत समन्वय गरि ईलाकाको ग्रामीण क्षेत्र तथा गाउँ स्तरमा समेत यो अभियानलाई लहान प्रहरीले तिब्रता दिएको स्थानीय जनप्रतिनिधिहरुको भनाई छ ।
अबैध घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण गर्ने कार्यलाई कडाई गरिने ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भेष राज रिजालले बताएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !