लोक समाचारदाता
जनकपुरधाम, कात्तिक ७ गते ।
भाईटीका अवसरमा संघीय सरकारले दुई दिन सार्वजनिक विदाको घोषणा गरेका छन् ।
पञ्चाग निर्णायक समितिका अनुसार कात्तिक १२ गते तोकिएको तिहारको भाईटीका र नेवार समुदायले १३ गते मनाउने भाईटीका दुवै दिन गरी दुई दिन सरकारले सार्वजनिक विदाको घोषणा गरेका हुन ।
तिथि अनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते र पञ्चाग निर्णायक समितिले तोकेको १२ गते दुवै दिन सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्नेभन्दै कात्तिक १३ गते विदा माग गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !