लोक समाचारदाता
विरगंज, कात्तिक ७ गते ।
सशस्त्र प्रहरीले बारा जिल्लाबाट ७७ किलो गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
भारतीय गाडीमा ल्याउदै गरेको गाँजा सहित बाराको महागढीमाई नगरपालिका वडा नम्बर–९ कञ्चनपुर टोल बस्ने बर्ष ४५ को गोपाल सहनी र आर्दशकोतवाल गाउँपालिका वडा नम्बर–७ कोतवाली बस्ने बर्ष २४ को आजाद आलमलाई सशस्त्र प्रहरी बल कोल्हवीले पक्राउ गरेको हो ।
फाईल फोटो
बाराको रामवनबाट प्रसौना तर्फ आईरहेको बिआर ५३÷६३८६ नम्बरको भारतीय बोलेरो गाडीमा ४ वटा बोरामा लुकाएर ल्याउदै गरेको गाडीलाई सशस्त्र प्रहरी बल कोल्हवीको सशस्त्र प्रहरी निरीक्षक नवराज सापकोटाको नेतृत्वमा रहेको टोलीले चेकजाँचको क्रममा करैयामाई गाउँपालिका वडा नम्बर ७ ढोढिया पिप्राटोलबाट पक्राउ गरिएको कुरा सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले बताए ।
पक्राउ परेका सहनी र आलम सहित गाँजा, गाडीलाई आवश्यक कारवाहीको लागि बिहिबार बिहान ईलाका प्रहरी कार्यालय कोल्हवीको जिम्मा बुझाइएको समेत उनले बताए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !