लोक समाचारदाता
लहान, कात्तिक ७ गते ।
सशस्त्र प्रहरीले सिरहा नगरपालिका १७ पटेर्वाबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार भारतीय बजारबाट स.१०प. ६८९७ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकलमा सिरहातर्फ जादैं गरेका उदयपुरको कटारी नगरपालिका ३ का ४५ वर्षीय विजेन्द्र तामाङलाई लागुऔषसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका तामाङको साथबाट लागुऔषध कोरेक्स ९० बोतल बरामद भएको सशस्त्र प्रहरी बल सिरहाका सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दाहालले जानकारी दिएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !