लोक समाचारदाता
जनकपुरधाम, कात्तिक ४ गते ।
महोत्तरीमा मोटरसाइकल चोरीको घटना बढदै गएको छ । यसैक्रममा जिल्लाको पडौल स्थित धार्मिक स्थल कारिक स्थानबाट एकजनाको मोटरसाइकल चोरिएको छ ।

प्राप्त जानकारी अनुसार कारिक स्थानमा पुजा गर्न गएका जनकपुरधाम उपमहानगरपालिका ७ निवासी सुनिलकुमार साहको ज ९ प ८८३७ नम्बरमो टीभीएस मोटरसाइकल चोरी भएको छ । चोरी भएको दुई साता बित्न लाग्दा पनि हालसम्म प्रहरीले कुनै कारवाही अघि बढाएको देखिदैन ।
पिडीत सुनिलले मोटरसाइकल चोरी भए लगतै असोज २४ गते नै जिल्ला स्थित इलाका प्रहरी कार्यालय बलवामा जाहेरी समेत दिए तर हालसम्म प्रहरीले कुनै प्रतिक्रिया जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !