लोक समाचारदाता
जनकपुरधाम, असोज ४ गते ।
महानगरीय प्रहरी परिसर भक्तपुरले प्रलोभनमा पारी घरमै महिला तथा किशोरीहरुबाट यौन धन्दा गराइ रहेको आरोपमा पक्राउ गरिएका तीनजनालई जेल चलान गरिएको छ ।
जेल चलान गरिएकोमा सिन्धुपालचोक चौतारा साँगाचोकगढी नगरपालिका ६ मेलचो निवासी मध्यपुरथिमी बोडेमा भाडा घर लिई बस्दै आएका संजय भनिने राजेश गिरी, मध्यपुरथिमी चेपाचो घर भई बोडेका ५० वर्षिय श्रीकण्ठ प्रजापति भन्ने श्रीकान्त प्रजापति र धादिंग फुलखर्क गाउँपालिका ४ का बोडेमै डेरा गरी बस्दै आएका २९ वर्षिय सोनिया तामांग भनिने सबिना तामांग रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पिडीत महिलाले उजुरी दिएको आधारमा श्रीकान्त प्रजापति लगायतले घरमा बोलाइएका पुरुष र विभिन्न प्रलोभन दिई ललाई फकाई ल्याएका महिला तथा किशोरीहरुलाई समेत रक्सी खुवाई अनौतिक कार्य गराउने गरेकोले छापामारी तिनीहरुलाई पक्राउ गरिएको कुरा प्रहरी नायब उपरिक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन ।
उजुरी परे लगतै भदौ २३ गते तिनीहरुलाई पक्राउ गरी मुद्दा चलाएको र सोही मुद्दामा जिल्ला अदालत भक्तपुरले पुर्पक्षका लागि जेल चलान गरेको र हाल उनीहरुलाई जगन्नाथदेव कारागार काठमाडौ पठाईएको प्रनिउ पोखरेलले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !