लोक समाचारदाता
जनकपुरधाम, कात्तिक ३ गते ।
चाँड तिहारमा पनि तलब नपाएको भन्दै शिक्षकहरुले धनुषाको सबैला नगरपालिकामा तालाबन्दी गरेका छन ।
विजयादशमी अघि देखि नै पटक पटक तलब निकासाको मांग गर्दै आएका शिक्षकहरुले दिपावली समेत नजिक आइसकेपनि तलब पाउंदा आक्रोशित शिक्षकहरुले आइतवार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन ।
शिक्षकहरुले चाँड तिहारको बेलामा पनि नगरपालिकाले तलब दिन आनाकानी गरिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका थिए । जिल्ला प्रसशान कार्यालय धनुषाले नगरपालिका प्रमुखलाई तत्काल तलब व्यवस्था गर्न निर्देशन दिएपनि हालसम्म उनीहरुलाई तलब उपलब्ध गराइएको छैन ।
गत ३÷४ दिनअघि नेपाल शिक्षक संघ, अखिल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संघ, एकीकृत अखिल शिक्षक संगठन र मधेशी शिक्षक फोरम लगायतका शैक्षिक संगठनहरुका प्रतिनिधिहरुले शिक्षकहरुलाई तीन दिनभित्र तलब उपलब्ध गराउन ज्ञापन पत्र बुझाउंदै आग्रह गरेपनि नगरपालिकाका मेयर विजय शंकर साहले बेवास्ता गरेका छन् ।
सो नगरपालिकामा रहेका ५ वटा मावि र ३७ वटा प्रावि सहितका करीब दुई÷अढाई शिक्षकहरु तलब खानबाट वंचित रहेका छन । तिनीहरुलाई साउनदेखि हालसम्मको तलब उपलब्ध गराइएको छैन । तलब उपलब्ध नगराएसम्म नगरपालिकामा तालाबन्दी जारी राख्ने चेतावनी शिक्षकहरुले दिएका छन ।
यता मेयर साहसंग सम्पर्क गर्दा पन्छिदै भने शिक्षकहरुको के कति तलब बांकी रहेको भन्ने बारे आफूलाई थाहा छैन, उपसचिव राजेन्द्र सहनी शिक्षा सम्बन्धमा सबै हेर्दै आएकोले उनलाई थाहा होला ।
लोकपुकारसँग कुरा गर्दै एक शिक्षकले तलबको लागि विद्यार्थीलाई पठन पाठनमा कुनै समस्या नहोस भने उद्देश्यले विद्यालय बन्द नगरी नगरपालिकामै तालाबन्दी गरेको भने ।
उनले तलब नपाएको कारण सबैले विजयादशमी पर्व मनायो तर आफू मनाउन पाएन अब दिपावली र छठ पर्व पनि नजिक आइसक्यो के गर्ने बाध्य भई नगरपालिकामै तालाबन्दी गर्नु परेको भन्दै दुखेसो पोखे ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !