लोक समाचारदाता
विरगंज, कात्तिक २ गते ।
ट्याक्टर पल्टिंदा बारा जिल्लामा एकजनाको मृत्यु एको छ ।
जिल्लाको निजगढ नगरपालिका १ सिगौंलस्थित धन्सार खोलामा ढुंगा लोड गर्न गएको बेला ना ६ प ९६८७ नम्बरको ट्याक्टर पल्टिँदा स्थानीय चालक सिगौंलका २८ वर्षीय दशा गुरोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परि मजदुर कृष्ण नेपाली घाइते भएका छन् उनको उपचार वीरगन्ज स्थित अस्पतालमा भइरहेको छ भने मृतक गुरोको शव परीक्षणका लागि चन्द्रपुर अस्पताल पठाइएको इलाका प्रहरी नायव उपरीक्षक नन्दकिशोर सिंहले जानकारी दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !